यी हुन् कर्णालीका ६९ ब्ल्याक स्पट : जहाँ हुन्छन् बढी सवारी दुर्घटना

सिर्जना बुढाथाेकी

सुर्खेत, २० साउन ।

अन्य ६ प्रदेशको तुलनामा कम सडक सञ्जाल भएको कर्णाली प्रदेशका दश जिल्लाका ६९ स्थानलाई सबैभन्दा बढि सडक सवारी दुर्घटना हुने स्थान अर्थात ब्ल्याक स्पट’ किटान गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले बारम्बार दुर्घटना भइरहने स्थानलाई  ब्ल्याक स्पट’का रुपमा
किटान गरी नक्सांकन गर्ने तयारी समेत भइरहेको जानकारी दिएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले यी स्थानका सडकमा सवारी दुर्घटना हुने जोखिम बढी रहेकाले ट्राफिक संकेत र कन्भेक्स मिरर राख्ने तथा त्र्यास ब्यारिअर ९फलामे बार० बनाउनुपर्ने आवश्यकता औल्याए ।सबै सडकलाई ब्ल्याक स्पट भनेका छैनौँ,’ उनले भने, । धेरैजसो दुर्घटना भइरहने सडकलाई आधार मानेर ब्ल्याक स्पट म्यापिङ गर्दैछौँ ।’

एसपी तिवारीका अनुसार सल्यान र दैलेखका १३–१३ स्थान, सुर्खेतका १२, रुकुम पश्चिम, कालिकोट र हुम्लाका ६–६ स्थानमा ब्ल्याक स्पट तोकिएको छ । यस्तै, जाजरकोट, डोल्पा र जुम्लाका ४–४ स्थान र मुगुको १ स्थानमा सवारी दुर्घटनाको बढी जोखिम रहेको उनले जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका १२ भन्दा ठाउँलाई बढी दुर्घटना हुने स्थानका रुपमा पहिचान गरिएको छ । वीरेन्द्रनगरभित्र यरीचोक र वीरेन्द्रचोकदेखि खोर्केखोलाको साँघुरो पुलको बाटो, औद्योगिक क्षेत्र नजिको साँघुरो पुल, बाङ्गेसिमल २ नं वडा कार्यालय नजिकको साँघुरो सडक, शिद्धार्थ होटल जाने चौबाटो, बराईचे नजिक स्कुल जाने सडक (मोड) र बाङ्गेसिमल भन्दा २ किमी अगाडि साँघुरो सडकलाई अंकित गरिएको छ ।

सुर्खेत कोहलपुर रत्न राजमार्गअन्तर्गत हर्रे र बबईको बीचको एमाले मोड, ठूलो ब्युरेनी र सानो ब्युरेनी सडक, गुर्भाकोटको गोचेखोला नजिक, भेरीगंगाको राताचौर, गुर्भाकोटको खोटाङ क्षेत्र, गुर्भाकोटको मालारानी, बोटेचौर माथिको घुम्ती सडक र सा“घुरो सडकलाई ब्ल्याक स्पट भनिएको छ ।

ट्राफिक प्रहरीले सल्यानको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, बनगाड कुभिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका, कालिमाटी र कपुरकोट गाउँपालिकाका १३ स्थानमा ब्ल्याक स्पट तोकेको छ ।

शारदा नगरपालिकाको शिव मन्दिर अगाडि, कपुरकोट गाउँपालिका–३ को वडा कार्यालय अगाडि र सम्दी मोड, वनगाड कुभिण्डे नगरपालिका–१ को देवस्थल, सिद्धकुमाख गाउँपालिका–१ को मोखलाको मोड, बागचौर नगरपालिका–१ को स्याउली बजार मोडर वडा नं २ को खरीबोट मोड, छत्रेश्वरी गाउँपालिका–१ को कल्ले खोला मोड, कालिमाटी गाउँपालिका–३ को एक्लेबर मोड, दानेगौरा मोड, टाटुके मोड, वडा नं. ४ को घुरचौर मोड र असुरेनी मोडमा सवारी दुर्घटनाको बढी जोखिम हुने गरेको छ ।

दैलेखको गुराँस गाउँपालिका, चामुण्डा विन्द्रासैनी, आठबीस र नारायण नगरपालिकाका सडकमा ब्ल्याक स्पट पहिचान गरेको एसपी तिवारीको भनाइ छ । जसमा आठबीस नगरपालिका–५ को बिन्दुको मोड, वडा नं.४ को राकम कर्णाली खोलीबजार र साईखोला भीर वडा नं.२ को सिस्ने मोडमा दुर्घटनाको जोखिम बढी रहेको प्रहरीले जनाएको छ ।

गुराँस गाउँपालिका–१ को सेतीभीर, वडा नं. २ को बाँद्रे, दरबारे, वडा नं ४ को सियाकोट मोड र रिठ्ठा मोड, चामुण्डा विन्द्रासैनी–७ को पादुका मोड, वडा नं ९ को भुर्पेसाल मोड, खुकुरी मोड र गिरी मोडलाई सवारी दुर्घटनाको जोखिमयुक्त क्षेत्र भनिएको छ । यस्तै, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका ६ वटा सडकमा दुर्घटनाको जोखिम रहेको प्रहरीले जनाएको छ ।

जसमा त्रिवेणी गाउँपालिका–६ को ढारेगैरा मोड, वडा नं ३ को डाँगी मोड, वडा नं ६ को खारनेटा र ठारा ढुङगा, वडा नं ५ को बोहरागाउँ, वडा नं ७ को साँख सडकलाई ब्ल्याक स्पट तोकिएको छ । यस्तै, हुम्लाको सिमकोट गाउँपालिकाका ६ सडकमा बढी दुर्घटना हुने गरेको भन्दै प्रहरीले ब्ल्याक स्पट भनेको छ । कालिकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिकाका ६ सडकमा पनि सवारी दुर्घटनाको जोखिम छ ।

खाँडाचक्र–६ को पिलिमोड, वडा नं २ को सेरिघाट मोड र जिते छहरावा साँघुरो बाटो, वडा नं ८ को बिर्तामोड, शुभकालिका–१ को एसमोड, तिलागुफा नगरपालिकाको टिमुरे भिरलाई बढी दुर्घटनास्थल तोकिएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी र तिला गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका र मुगुको छायाँनाथ रारा नगरपालिका–७ को सातमोड सडकलाई ब्ल्याक स्पटका रुपमा तोकेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी–५ को साङ्गेभिर मोड ९१ वटा घुम्ति,वडा नं ६ को सिउँडेनी मोड ९१ वटा घुम्ति, ठूलीभेरी–९ को भित्ती मोड, १ वटा घुम्ति र वडा नं. ८ को डाँगीवाडा मोडका सडकमा दुर्घटनाको बढी जोखिम भएपछि ब्ल्याक स्पट तोकिएको हो । यस्तै, जुम्लाको चन्दननाथ–७ को खल्लाचौर सडक, तातोपानी–३ को राँका सडक र त्रिवेणी सडक तथा तिला गाउँपालिका–१ को नाग्मा सडकलाई जोखिमयुक्त सडकको रुपमा प्रहरीले पहिचान गरेको छ ।

तपाईको प्रतिक्रिया