दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

सुर्खेत, २० साउन ।
दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री झोला, ड्रेस र दैनिक सरसफाईका सामाग्रीहरु वितरण गरिएको छ । महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय काम गर्दै आएकी सन्तोशी शाहले आफ्नो जन्मोत्सवका अवसरमा १० जना बालबालिकालाई सहयोग गरेकि हुन ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दूल्लु–७ को स्रोत विद्यालयमा अध्ययनरत बालबालिकालाई सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमा बालबालिका तथा महिलाको क्षेत्रमा क्रियाशिल शाहले एक कार्यक्रमवीच शैक्षिक सामाग्री सहयोग गरेकी छन् ।

दूल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालको प्रमुख आतिथ्यता, उपप्रमुख बिना कार्कीको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश हमालको अध्यक्षतामा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।


उक्त कार्यक्रममा दुल्लु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कविराज रावत, निवर्तमान वडाअध्यक्ष लाल बहाुदर रावत, टिभी टुडेका पत्रकार दिपेन्द्र वस्ताकोटी, सिता शाह, रमेश दमाई, केशव कार्की, प्रकाश शाह लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार