पछिल्लाे २४ घण्टामा ७६० जनामा काेराना संक्रमण पुष्टि

काठमाडौं १९ साउन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ सय ६० जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो अवधिमा ५ हजार ९ सय २६ को परीक्षण गरिएको थियो ।

ती मध्ये २५ सय ८९ जनाको पीसीआर गर्दा ४ सय ९४ तथा ३३ सय ३७ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा एक जना संक्रमितको निधन भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय २४ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा ४७ हजार ३ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ रहेको छ ।

तपाईको प्रतिक्रिया