अरु सबै प्रदेशमा पेट्रोलियम भण्डारण गृह : कर्णालीमा जग्गा खोज्दै बित्यो दुई वर्ष

पुनम वि सी

सुर्खेत १८ साउन ।

अार्थिक वर्ष २०७७÷७८ सम्ममा संघीय सरकारले देशका सबै प्रदेशमा पेट्रोलियम भण्डारण कक्ष निर्माण गर्ने लक्ष्य लियो । यसै अनुरुप कर्णाली बाहेकका प्रदेशहरुमा भने ९० दिनसम्म पुग्नेगरी पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण भई सञ्चालनमा आईसकेका छन् ।

तर दुई आर्थिक वर्ष बित्दा समेत कर्णालीमा भने अहिलेसम्म पनि आयल निगमले जग्गा पाएको छैन् । प्रादेशिक रूपमा ७ वटा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गरिसक्ने सरकारको लक्ष्य भएपनि कर्णालीमा खोजेअनुसारको जग्गा नभेटेकै कारण भनेअनुसारको काम अघि बढ्न सकेको छैन ।

सातै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो स्थापना गर्ने सरकारी लक्ष्यअनुसार सुर्खेत यसअघि नै प्रक्रियापनि शुरु भइसकेको थियो । जग्गा प्राप्तिसँगै डिपो निर्माणसम्बन्धि सम्भाव्यता अध्ययनको काम नियमले शुरु गरेको थियो । तर हालसम्म पनि नियमले आवश्यक्ता अनुसारको जग्गा प्राप्त गर्न नसकेको नेपाल आयल निगमको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।

नेपाल आयल निगमका देशभर १० वटा मुख्य डिपो छन् । तीमध्ये निगमको सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय इन्धन भण्डारण नभएको डिपोमा पर्दछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्तिमा ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण राख्न सकिने गरी नयाँ संरचना निर्माण गर्ने लक्ष्य राखेको छ ।

यसअघि निगमको कर्णाली प्रादेशिक कार्यालयले जग्गा खरिदमा जानुको साटो सरकारकै जग्गा प्रयोग गर्ने विकल्पका साथ नेपाल ट्रष्टको जग्गा उपलब्ध गराउन अनुरोध समेत गरेको थियो । नेपाल ट्रष्टको नाउँमा रहेका ३४ विगाह जग्गा उपलब्ध लगाउन सुर्खेतस्थित प्रादेशिक कार्यालयले निगमलाई पत्राचार समेत गरेको थियो । तर भेरी क्षेत्रस्थित उक्त जग्गामा भण्डारण गृह निर्माण सम्भव नभएको भन्दै प्रक्रिया नै तुहियाे ।

१० बिगाह जग्गा अावश्यक

अायल निगमसंग वीरेन्द्रनगरमा हाल १८ कठ्ठा जग्गा उपलब्ध छ । हाल उपलब्ध जग्गामा भने आयल निगमले ४५ हजार लिटर मट्टितेल र ६० हजार लिटर हवाई इन्धन मात्र भण्डार गर्ने गरेको छ । कर्णालीलाई ९० दिनसम्म पुग्नेगरी पेट्रोलियम भण्डारण गृह निर्माणका लागि यो जग्गामा सम्भव छैन । हामीसँग भएको १८ कठ्ठा जग्गा प्रयोग गरी भण्डारण गृह निर्माण गर्ने विषय सम्भव नै छैन ।

नेपाल आयल निगमको सुर्खेत स्थित प्रादेशिक कार्यालय प्रमुख राजकुमार केसीले भने, यहाँको भण्डारण गृहले कर्णालीलाई तीन महिना थेग्न सक्दैन । हाल भने प्रादेशिक कार्यालयले सुर्खेतका तीन स्थानमा जग्गा प्राप्तिका लागि अध्ययन प्रक्रिया अघि बढाउने योजना बनाएको छ ।

वीरेन्द्रनगर क्षेत्रका सामुदायिक वन क्षेत्र प्रयोग गर्नेगरी करिव १० विगाह जग्गा भए पुग्ने नियमको सुर्खेतस्थित प्रादेशिक कार्यालयको भनाइ छ ।वीरेन्द्रनगरको बाङ्गेसिमल क्षेत्रलगायतका तीन ठाउँमा जग्गाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । उनले भने, यी जग्गाहरुमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि स्वीकृतिका लाागि प्रक्रिया अघि बढ्दैछ।

तेल नपाउने चिन्ता भयाे : यातायात व्यवशायी


तेल  जिल्लामा पेट्रोलियम आपूर्तिमा भण्डारणको व्यवस्था नहुँदा बेलाबखत विभिन्न वहानमा आपूर्ति रोकिंदा समेत निकै सास्ती र समस्या हुने गरेको दुःखेसो सुनाउँछन यातायात व्यवसायीहरु । त्यसमापनि अझ दिनहुँजसो छिनछिनमै एक दुई लिटर पेट्रोल हाल्दै चलाउँदै गर्नुपर्ने बाध्यतामा रहेका अटो व्यवसायी झनै मर्कामा परेका छन ।

वीरेन्द्रनगर १० का अटो चालक राजु अधिकारीले भने कहिलेकाही पेट्रोल अभाव हुन्छ, घरमै गाडी थन्काएर हिड्नुपर्ने पनि हुन्छ । भनेको समयमा तेल नपाएपछि त समस्या हुने नै भयो नि । यसैगरी बस चालक रामकृष्ण चौधरी पनि इन्धन अभावका लागि आपूmहरुलाई मात्र नभई यात्रीहरुले समेत सास्ती खेप्नुपरेको सुनाउँछन ।

जरुरी कामले मान्छे नेपालगञ्ज जानुपर्ने हतारो हुन्छ’ उनले भने, अनी डिजल नभएका बेला गाडी लिएर पेट्रोलपम्पमा लाइन लाग्नुपरेपछि हामीसंग झगडा गर्न आउँछन ।

१३ पेट्रोलपम्प, करिव १७ हजार सवारी साधन

कर्णाली प्रदेशका १० जिल्लामा अनुमपति पाएका पेट्रोलपम्पको संख्या जम्मा १५ हो । त्यसमापनि दुई पेट्रोलपम्प चालु अवस्थामा छैनन् भने १३ वटाले मात्र सेवा दिइरहेका छन्। तीमध्ये सुर्खेतमा ८, दैलेखमा तीन वटा, जुम्लामा दुई वटा पेट्रोल पम्पहरु सञ्चालनमा रहेको केसीले जानकारी दिए ।

यसका साथै प्याक्ट बिक्रेता’का रुपमा कर्णालीका जिल्लाहरुमा सात वटा बिक्रेताहरुले डिजल बिक्रि गरिरहेको उनले जानकारी दिए । प्याक्ट बिक्रेताहरुलाई ड्रम वा जर्किनमा राखेर डिजल मात्र बिक्रि गर्ने अनुमति हुन्छ कर्णालीमा हालसम्म १६ हजार नौं सय ८१ सवारी साधन दर्ता भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका अनुसार कणर्ालीमा १३ हजार एक सय २७ मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । यसैगरी एक हजार ६ सय ९० टेम्पो,
६ सय ९७ पिकअप गाडी, पाँच सय ४२ वटा क्रेन-डोजर-एस्काभेटर कणर्ालीमा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

कणर्ालीमा उक्त सय २७ बस, दुई सय ४४ वटा मिनिबस-मिनिट्रक, एक सय ६२ वटा कार-जिप-भेन, १४ वटा माइक्रो, र तीन सय ८७ वटा ट्रयाक्टर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

दैनिक १ लाख लिटर डिजल, ३० हजार लिटर पेट्रोल खपत

सुर्खेतमा डिजेल र पेट्रोल भण्डार क्षमता शून्य छ । आयात भएकै पेट्रोलियम पदार्थमा मिसावट छ कि छैन भनेर डिपोमा नमूना परीक्षणपछि सोझै पेट्रोल पम्पहरुमा पुर्‍याउने गरिएको छ । हाल भण्डारण हुनेगरेको हवाई इन्धन र मट्टितेलले सामान्यतया एक हप्तासम्ममा खपत भईसक्छ ।

भण्डारण क्षमता नभएपछि कणर्ालीमा दैनिक आपूर्ति भईरहेको पेट्रोलियम पदार्थ आपूर्ति केहि दिन रोकिएमा मात्र पनि सडकमा सवारीसाधन ठप्प हुने स्थिति छ । सामान्यतया कणर्ालीमा दैनिक रुपमा कुल एक लाख लिटर डिजल र ३० हजार लिटर पेट्रोल खपत हुने गरेको आयल निगमका कणर्ाली प्रादेशिक कार्यालय प्रमुख राजकुमार केसी बताउँछ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार