रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते

रुकुम पश्चिम १७ साउन ।

रुकुम पश्चिममा अटो दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ चाइनाबगरबाट चौरजहारी नगरपालिका तर्फ जादैँ गरेको भे १ ह ६०३९ नम्बरको अटो जहारीखोलामा दुर्घटना हुँदा चालक सहित ७ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक सानीभेरी १ का पुर्ण बहादुर पुन, सोही वडाका सुन्दर पुन, शनि पुन, निसा राना पुन र निसा कि सासुआमा रहेकी छन । त्यस्तै चौरजहारी नगरपालिका वडा नम्बर ८ गोहीरीकी मन्सरी घर्ति, प्रशान्ती घर्ति, प्रसान्तीका छोरा उपेन्द्र घर्ति भने गम्भिर घार्ईते भएका छन् ।

गम्भिर घाइते भएपछि मन्सरी घर्ति, प्रशान्ती घर्ति , उपेन्द्र घर्ति र निसाकि सासुआमालाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ भने अन्य चार जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया