११ वटा स्थानीय तहमा १०९ वटा विद्यालयमा नर्स राख्दै

सुर्खेत, १७ साउन ।

कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका १०९ वटा विद्यालयमा नर्स राखेर यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका –१० वटा विद्यालय रहेका छन् ।

दैलेखको नारायण नगरपालिकाका –१०, कालिकोटको खाँडाचक्र नगरपालिकाका –१० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका –५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका –५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका –४ वटा विद्यालय रहेका छन् ।

त्यस्तै, सल्यानको शारदा नगरपालिकाका –१० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाक –१४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गर्नुभएको थियो ।

स्राेत ः गाेरखापत्र

तपाईको प्रतिक्रिया