वडाध्यक्ष पन्त चामल, कुखुरा र न्यानोकपडा बाेकेर सुत्केरी भेटन पुगे

दिपेन्द्र शर्मा
जाजरकोट १७ साउन।

हप्ता दिनअघि सुत्केरी भएकी धनसरा सार्कीको घरमा खाने चामल र वच्चाको लागि न्यानो कपडा थिएन् । उनी विरामी पनि परेकी थिइन् । तर सोमवार वडाध्यक्ष बद्री पन्त चामल, न्यानो कपडा, तेल, जिरा, कपडा धुने सावुन र नुहाउने सावन तथा कुखुरा लिएर घर पुगेपछि अच्चममा परिन् ।

सुत्केरी अवस्थामा तागतिलो खानेकुरा चाहिन्छ, भारी विसाउँदै वडाध्यक्ष पन्तले भने, तपाईको घरमा खानेकुरा छैन भन्ने थाहाँ पाएपछि ल्याएर आए ।  अध्यक्षको कुरा नसकिदै धनसराले भनिन्, अध्यक्ष ज्यू कसरी हाम्रो मर्म वुझ्नु भयो । घरमा खाने अनाज छ न त पैसा नै छ । यसले ठुलो राहात भयो । दुखमा साथ दिएकोमा हृदयदेखि नै आभारी छु ।

वडाध्यक्षमा भारी मतले निर्वाचित भएसँगै नलगाड नगरपालिका वडा नम्वर ४ जाजरकोटका वडाध्यक्ष बद्री पन्त जनताको सेवामा निकै सक्रिय छन । आवश्यक खाद्यान्न र लत्ताकपडाको साथै स्वास्थ्यकर्मी र औषधी लिएर वडाध्यक्ष सुत्केरी धनसरालाई भेटन प्यारघारा पुगेरका थिए । अध्यक्षसँगै सुत्केरीको घर पुगेकी स्वास्थ्यकर्मी बिना महरले उनको उपचार गरेकी थिइन् ।

यही साउन १० गते सुत्केरी भएकी सार्कीको घरमा घरमा खाने केही नभएकोले आवश्यक सहयोग गर्न अध्यक्ष पन्तले भानुभक्त माद्यामिक विद्यालयका शिक्षकहरुलाई आग्रह गरेका थिए । वडाध्यक्षको आग्रह स्वीकादै शिक्षक हासिलाल पन्तले एक हजार, प्रधानाध्यापक भक्तबहादुर ओली, शिक्षकहरु किशोर शाही, सुदाम गौतम, हरिश गौतम, रमेश नेपाली, हिरालाल पन्त र हरिबहादुर ओली पाँच पाँच सय रुपैया सहयोग गरेका थिए ।

शिक्षकहरुले दिएको रकमबाट आवश्यक खाद्यान्न, लत्ताकपडा र कुखुरा किनेर वडाध्यक्ष सुत्केरी भेटन गएका थिए । सुत्केरीलाई ४५ दिनसम्म खाने आईरन चक्की र न्यानो कपडा पनि दिएको छ । स्वास्थ्यकर्मी विना महरले अध्यक्षले स्वास्थ्यमै पुगेर धनसराको अवस्थावारे जानकारी दिएपछि औषधी लिएर गएको बताइन् ।

उनले भनिन्, आफैले सामान वोकेर सुत्केरीको घर पुग्ने वडाध्यक्ष पाउनु लहँबासीको लागि गर्वको कुरा हो । वडाध्यक्ष पन्तको कामको सामाजिक संचालनमा व्यापक प्रसंसा भएको छ । विभिन्न व्यक्तिहरुले सामाजिक संजाल मार्फत उनको कामको सिको गर्न अरु जनप्रतिनिधीलाई सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया