आठविसकोट नगरपालिकामा युवाहरु बिच झगडा

दिपेन्द्र शर्मा
जाजरकोट १६ साउन।

रुकुम पश्चिमको आठबीसकोटमा युवाहरु बीच आईतबार कुटाकुट भएको छ । झगडाको क्रममा एक जना गम्भिर घाईते भएका छन् । आठबीसकोट नगरपालिका ११ का २५ बर्षिय निलकमल शाह घाईते भएका हुन् । स्थानीय राडि बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवा बिच आईतबार दिउँसो चार बजे झगडा भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाईते शाहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि अाईतबार बेलुका सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) बिष्णु प्रसाद सोतीले जानकारी दिए  । शाहको टाउकोमा गम्भिर चोट लागेको बताईएको छ ।

शाहलाई आक्रमणको आरोप लागेको सोहि नगरपालिका ९ का पवन बटाला र हरि केसी फरार रहेको डिएसपी सोतीले बताए । व्यक्तिगत कारणले झडप भएको बताइएतापनि घटनाको वास्तविक कारण खुल्न सकेको छैन । डिएसपी सोतीले फरारहरुको खोजि कार्य र घटनाको अनुसन्धान सुरु गरिएको बताए  ।

तपाईको प्रतिक्रिया