नाग पञ्चमीका दिन कर्णालीमा सार्वजनिक विदा

सुर्खेत, १५ साउन ।

साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा सार्वजनिक विदा दिईएको छ । कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आईतबार सूचना जारी गर्दै साउन १७ गते मंगलबार प्रदेशभर सार्वजनिक विदा दिईएको जनाएको हो ।

यस अघि २०७८ चैत्र २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।


 


Leave a Reply

Your email address will not be published.


ताजा समाचार