खोटाङ भूकम्पमा परी घरहरु भत्किए

खोटाङ,१५  साउन  ।

खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।

खोटाङसँगै आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख (डिएसपी) उमेश लम्सालले बताए । “भूकम्पको धक्का राम्रै महसुस भए पनि मानवीय र कुनै पशुचौपायाको क्षति भएको छैन ।

केन्द्रबिन्दु वरिपरि घरहरु सामान्य चर्किए, तर भत्किएको छैन । के कति घर चर्किए ? भन्ने विषयमा हामी खोजी गरिरहेका छौँ ।” डिएसपी लम्सालले भने  ।

स्राेत ः गाेरखापत्र

तपाईको प्रतिक्रिया