पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडाै १२ साउन ।
पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार २५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२३६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको छ। २१५ जना संक्रमित निको भएका छन्।
स्राेत ः सेताेपाटी
