वडा अध्यक्षको गुनासो : सामाजिक संजाल बाट टाढा हुदा जनताको समस्या बुझ्न सकिन

दिलिप ढकाल

सुर्खेत १२ साउन ।

यहि बैसाख ३० गते स्थानीय तहको निर्बाचन बाट वडा गाउपालिका तथा नगरपालिका मा जना प्रतिनिधि हरु निर्बाचित भएर आएका छन्। आफ्नो वडा मा भएका समस्या हरु लाइ दिर्घकालिन रुपमा समाधान गर्लान भन्ने आशाले जनाताले जन प्रतिनिधि हरु जिताएर पठाए र निर्बाचित भएका हरुले जनता माझ गएर गरेका बाचा प्रतिबद्दता अनुसार काम गर्न सुरु गरेका छन्।

तथापि जनता हरुले आफ्नो समस्या तथा गुनासो हरु राख्ने अथवा पोस्ट गर्ने माध्यम हिजो आज सामाजिक संजाल बनेको छ। स्थानीय तहको निर्बाचनमा निर्बाचित जना प्रतिनिधि हरु सामाजिक संजालबाट टाढा छन् भन्दा अचम्म लाग्न सक्छ ।

पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षले आफु सामाजिक संजाल बाट टाढा रहेको जानकारी दिएका छन्।  सामाजिक सुरक्षा भत्ता वडा बाट वितरण गरेको भए सहज हुने थियो  । बैक आउदा जादा वृद्धवृद्धा लाई सास्थी भयो भन्ने सामाजिक संजालमा गुनासो छ  ।

वडा नम्बर ८ का वडा अध्यक्ष पुसे कामीले आफु अहिले पनि सामाजिक संजाल भन्दा टाढा रहेको र जनताले आफ्ना समस्या हरु आफु लाई भन्नु भन्दा पहिला सामाजिक संजालमा पोस्ट गर्नी भएकाले आफु जनताको समस्या बुझ्न बाट पछि परेको बताए । तपाई किन सामाजिक संजाल बाट टाढा हुनुहुन्छ ? भन्ने प्रश्नमा आफुले सामाजिक संजाल चलाउन नजानेकाले नचलाएको बताउनु बताए ।

तपाईको प्रतिक्रिया