सम्पादकीय : बोक्सी’ असभ्यताको हद्

सुर्खेत १२ साउन ।

कर्णालीका उपल्ला जिल्लाहरुमा एउटा उखानै निकै चल्तिमा छ, ॅबूढी भए बौसी भन्छन, गरिव भए चोर’ । यो २१ औं शताब्दीको कर्णालीको वास्तविकता पनि हो । त्यसैपनि अशिक्षा, चेतना, सूचना र जानकारीका अभावमा पछाडि परेको कणर्ाली प्रदेशका विभिन्न जिल्लामा अहिलेपनि बोक्सीका निहुँमा महिलामाथि दुव्र्यवहार, बहिष्कार र यातनाका घटना दोहोरिरहन्छन भनेर भन्दै गर्दा हामी कुन युग, काल र समयमा बाँचीरहेका छौं भन्ने स्पष्टै हुन्छ ।

गरिब, दलित, असहाय या महिला भएकै कारणपनि उनीहरूमाथि लगाइने बोक्सीको आरोप र दुव्र्यवहारका कारण नेपाली महिलाहरू सामाजिक, मानसिक, शारीरिक तथा यौनिक हिंसाबाट पीडित/प्रभावित हुनु परेको स्थिति छ । यही दुव्र्यवहारका कारण कतिले ज्यान गुमाउनु परेको छ भने कति जना विस्थापित हुनु परिरहेको छ ।

महिलामाथि हुने हिंसाका घटनाहरू हरेक दिन जस्तो घटिरहेका छन् । केहि वर्षअघिसम्म बोक्सीको आरोप लगाउँदै निमुखा र निर्धा महिलाहरुलाई दिशापिसाव खुवाउने, थुक, पैतला चटाउने आदिजस्ता अत्यन्त अमानवीय दुव्र्यवहार व्यहोर्नपर्ने अवस्था भएपनि यस्ता घटनाहरु गाउँघरमै ठूलाबडाका तजबिजमा मिलाइन्थे, दबाइन्थे या बोल्ती बन्द गराइन्थे ।

तर पछिल्ला केहि वर्ष यता गाउँघरका महिलाहरुमा आएको चेतना, न्यायिक प्रक्रियामा बढेको पहुँचका कारण यस्ता घटना प्रहरी हुँदै अदालसम्म पुग्ने गरेका छन भने आमसञ्चारमाध्यम र मानवअधिकारकर्मीहरुका नजरमा प्राथमिकताका साथ पर्न थालेका छन । एउटा पाटोबाट हेर्दा निश्चयपनि सकारात्मक मान्नुपर्ने हुन्छ ।

तर अहिलेको स्थितिमा पनि यस्ता घटनाहरु गाउँघरमा मात्र हैन शहरबजारमै पनि भइरहेका छन् भन्दा लाजले शिर निहुराउनुपर्ने अवस्था हुन्छ । समाजमा घटेका धेरैघटनाहरूलाई हेर्दा कमजोर पक्षलाई अ ́ बढी कमजोर बनाएर समाजमा बहिष्करण र विस्थापित गर्न खोजिएको, धेरै घटनामा सम्पत्ति, जग्गाको स्वामित्वका कारण उत्पन्न भएको ́गडाले महिलालाई बोक्सीको आरोप लगाउने गरेको पनि पाइएको छ ।

कतिपय घटनामा व्यक्तिगत रिसइवी, संयोगवश घटेका कुनै घटना र कथित बोक्सीको पारिवारिक पृष्ठभूमि भएका महिलालाई आधार बनाएर आरोप लगाउने गरिएको छ । समुदायमा महिलालाई बोक्सी भनेर पहिचान गराउन वा आरोप लगाउनमा सबैभन्दा ठूलो हात धामी/ ́ाँक्री, आफ्नै परिवारका सदस्य, नातेदारहरू र छिमेकीहरू रहेको देखिन्छ ।

समाजमा जबसम्म धामी / ́ाँक्रि, गुरुवाको शक्ति र विश्वासलाई कम गरिंदैन, जो यस्तो जघन्य अपराधमा संलग्न हुन्छन् त्यस्ता व्यक्तिहरूलाई कडा कानुन बनाएर कारबाही गरिंदैन तबसम्म महिलाले बोक्सीको आरोपमा हिंसा सहन बाध्य हुनु पर्नेछ । अन्धविश्वासको आडमा समाजमा रहेको बोक्सी प्रचलन एक गम्भीर किसिमको मानव अधिकारविरोधी कार्य हो । यस्ता घटनाहरूलाई रोक्न र नियन्त्रण गर्न नेपाल सरकार, सरकारी तथा गैरसरकारी सङ्घ संस्था, नागरिक समाज लगायत बुद्धिजीवीहरूको समेत सक्रिय सहभागीताको आवश्यकता पर्दछ ।

तसर्थ हाम्रो समाजमा हरेक दिन जस्तै बोक्सीको आरोप लगाई महिलामाथि गरिने हिंसाको अवस्थालाई जस्ताको तस्तै सबैको सामु उजागर गरी समस्या समाधानको लागि सरकार र नागरिक समाजलाई गम्भीर भएर सोच्न र उत्तरदायी बनाउन यो प्रतिवेदनले महत्वपूणर् भूमिका खेल्नपर्छ र मावनीय असभ्यताका पराकाष्ठाको रुपमा रहेको यो अन्धविश्वासको हदलाई निमिट्यान्न पार्नेपर्छ ।

तपाईको प्रतिक्रिया