पैसाभन्दा इमान कमाउन गार्हाे

सृजना बुढाथाेकि

सुर्खेत १२ साउन ।

२०४२ सालमा शेरबहादुर खड् काको उमेर जम्मा ६ वर्षको थियो । त्यहि उमेरमा उनी पसलका साहुजी बनिसकेका थिए । बुवाआमा घरव्यवहार, मेलापातमा व्यस्त हुँदा उनी घरमै भएको किराना पसलमा सामान बिक्रि गर्ने गर्दथे । २०३६ सालमा जन्मिएका उनी, प्रायजसो पसलको सामान लिन आफ्ना बुवासंग पैदल हिडेर दाङ्गको तुलसीपुर, बाँकेको नेपालगञ्जसम्म पुग्ने गरेको अहिलेपनि झल्झली सम्झन्छन । बिस्कुट, चाउचाउहरु टाउकोमा बोकेर उनी हप्तौ लगाएर घर पुग्थे ।

उनले तुलसीपुरबाट सल्यानसम्म ३५ लिटर तेल बोकेर पैदल गएको अझै पनि बिर्सीएका छैनन् । यसरी सामान लिन बजार जाने खुशीले आधारातमै निद्राले छोड्ने उनलाई सामान बोकेर फर्किंदा थकाईले पूरै शरिर गलाउँथ्यो । मोटरगाडी कमै मात्रामा चल्ने त्यो बेला सम्झदैं उनी भन्छन  गाँउमा जन्मिएकाले गाडीमोटर देख्न पनि पाइँदैन थियो’ । घरमा कोहि बिरामी हुँदापनि या त घरमै
औषधीमूलो गरेर निको बनाउनु पथ्र्यो, या त बोकेरै बजार पु¥याउनु पथ्यो ।

उनका दौतरी अहिले कोहि शिक्षक पेशामा छन् त कोहिकृषिमै रुमलिएका छन् तर उनी अहिले सुर्खेतमा व्यवसायमा जमेर बसेका छन् ।  मैले २०५८ सालमा सुर्खेतको छिञ्चु बजारमा आएर ५ हजार लगानी गरेर किराना पसल खोलेको थिए, उनले विगत सम्झिदैं भने, । मलाई अझै याद छ मैले त्यतिबेला २ हजार रुपैयाँ सटरको भाडा दिन्थे’ । त्यतिबेला व्यवसाय गर्ने कमै हुने गरेको उनले बताए ।

पहिला आपूmले व्यवसाय शुरु गर्दा ३५ सय लिएर सामान किन्न जाँदा १५–२० कार्टुनको भारी बनाउने गरेको भन्दै उनले हाँस्दै भने, अहिले त त्यति पैसाले २ कार्टुन सामानपनि आउँदैन’ । अहिले त व्यापारको रुपै परिवर्तन भएको अनुभव उनको छ । आपूmले ब्यापार गर्न शुरु गरेको बेला र अहिलेको समय तुलना गर्दा आकाश पातलको फरक पाएको उनको अनुभव छ ।

उनलाई सानै उमेरमा मानसपटलमा परेको व्यापारको छाप जुन मेटिन सकेन । जसले उनलाई व्यापारको क्षेत्रमा परिचित बनाएको छ । प्रतिषपर्धात्मक  बजार उहिले पसल कम हुँदा व्यापार धेरै भएपनि नाफा कम हुने गरेको बताउँदै उनले अहिले ग्राहक धेरै सचेत भइसकेकाले पनि धेरै नाफा नहुने गरेको सुनाए । हरेक सामानमा मूल्य त्यहि हुन्छ, नभएपनि अनलाईनको जमाना भएकाले सबैको मूल्य अनलाईनले राखिदिने भएकाले निकै प्रतिस्पर्धा भएको उनको भनाई छ ।

उनी वीरेन्द्रनगरमा व्यवसायका लागि झर्दाको क्षण सम्झिदै भन्छन्, सीमित पसल, सीमित सामान अनि सीमित पैसाले धानेको जीवन यसरी परिवर्तन हुन्छ जस्तो लाग्दैन थियो, तर अहिले त व्यवसायको भिडमा हराइन्छ जस्तो लाग्छ’ । किराना पसल छोडेर अहिले सुर्खेतमा शेरबहादुरको २ वटा ठाँउमा पुस्तक पसल र कर्णाली पतञ्जली नाम गरेको व्यवसाय चलिरहेको छ ।

आफ्ना परिवारका सदस्य संगै अरु ५ जनालाई आप्mनै व्यवसायमा व्यस्त गराएका छन । उनको परिवारमा उनका आमाबुवा, श्रीमती र दुई छोरी रहेका छन् । उनी जेठी छोरी अहिले २० वर्षकी भइन उनी बी.ए.एल.एल.बी पढिरहेकी छिन् भने अर्की छोरी १८ वर्षकी भइन उनी कम्प्युटर इञ्जिनियरिङ्ग पढ्ने तयारी गरिरहेकी छिन् । ‘अहिलेको जमानामा पैसा कमाउन सहज छ तर इमान जोगाएर पैसा कमाउन निकै सकस छ, उनी भन्छन् ।

आपूmले आफ्नो इमान कहिले पनि गिर्न नदिएकाले सोचेजस्तो आर्थिक रुपमा सम्पन्न नभएपनि सन्तुष्ट भएकोमा उनलाई गर्व लागेको छ । बेरोजगारी धेरै छ, बजारमा प्रतिस्पर्धा धेरै भएकाले मानिसलाई गलत बाटोमा पुर्याएको उनको अनुभव छ । आफ्नो व्यवसाय अलि फरक भएकाले पनि केहि बजारमा अडिन सहज भएको उनको भनाई छ । कापी, किताब, स्टेशनरीका सामाग्री अत्यावश्यक वस्तु भएकाले पनि यो व्यवसायबाट आफु सन्तुष्ट भएको उनले बताए ।

व्यापार गर्न चाहनेलाई शेरबहादुरको सुझाब व्यवसायमा आउन चाहनेहरुलाई व्यापार व्यवसायभन्दा बरु उद्योग धन्दामै भविष्य देखेका छन उनले । कृषिकरण होस् या यान्त्रिकीकरण होस् यसको माग अहिले बढेको उनको अनुभव छ । यताको सामान उता र उताको सामान यता बेच्ने भन्दा पनि नयाँ व्यवसाय गर्न चाहनेले उत्पादनका क्षेत्रमा लाग्दा विशेष लाभ लिन सकिने उनी सुझाँउछन् ।

तपाईको प्रतिक्रिया