सोमबार बिहानै भुकम्पको धक्का
काठमाडाै ९ साउन ।
सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ। सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो।
स्राेत ः सेताेपाटी
