फुटबल खेलाउन दुइ नेपाली महिला रेफ्री डेनमार्कमा

काठमाडाै‌ ८ साउन ।

रेफ्री लक्ष्मी श्रेष्ठ र मेरिना धिमाल डेनमार्कमा हुने फुटबल प्रतियोगिता खेलाउन त्यसतर्फ गएका छन्। डेनमार्कमा सोमबारदेखि सुरु हुने प्रतियोगिताका लागि आयोजकले लक्ष्मी र मेरिनालाई छनोट गरेका थिए ।  प्रतियोगिता खेलाउन जानुअघि लक्ष्मीले सबैलाई धन्यवाद दिएकी छिन्।

दुवैले डेनमार्कमा आयोजना हुने डाना कप २०२२ रेफ्रीको काम गर्ने छन्। यो प्रतियोगिता युवा फुटबल प्रतियोगिता हो ।  पुरुषमा ११ वर्षदेखि १९ वर्ष तथा महिलामा १२ वर्षदेखि १९ वर्षका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया