स‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍घर्षले नै सफलता दिलाउँछ

मानिसको सोच र व्यवहार परिवर्तनशील हुन्छ । यही परिवर्तनको चाहनाले गर्दा नै आफ्नो जीवनमा परिवर्तन र सफलता प्राप्त हुन्छ । त्यसको लागि इच्छाशक्तीसँगै संघर्ष आवश्यक हुन्छ । संघर्ष गर्ने व्यक्ती नै सफलता प्राप्त गर्छन । यस्तै मध्येका एक हुन् दैलेखको भैरवी गाउँपालिकाको महादेव मावीका शिक्षक शिव प्रसाद पौडेल । सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि संघर्ष र मेहेनत गर्दै आए ।

एसएलसी पास पछि उनले तत्कालिन देशमा चलेको द्वन्द्व र घरको आर्थिक अवस्थाका कारण पाँच बर्ष पढाई रोक्नुपर्यो । भारतका विभिन्न ठाउँमा गएर संघर्ष गर्नुपर्यो । नेपाल आए पढाईलाई फेरी निरन्तरता दिए । अनि शिक्षण पेशामा लागे अहिले आफ्नो ज्ञान बाढ्न सक्ने भएका छन । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै पौडेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सामान्य बाल्यकाल 

बुवा धनीराम पौडेल र आमा थानकली पौडेलको कोखबाट विस २०४३ असार १५ गते दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर १ को ओख्रेनी गाउँमा शिव प्रसाद पौडेलको जन्म भएको हो । उनी घरको साइलो छोरा हुन । उनका चार भाईहरु रहेका छन । परिवार कृषि
कर्ममा निर्भर थियो ।

सामान्य परिवारमा जन्मिएका शिवले गाउँकै हिमालय प्रावीबाट आफ्नो पढाई प्रारम्भ गरेका िथए पाँच कक्षा सम्म त्यही विद्यालयमा पढेका उनले ६ कक्षादेखि आदर्श मावी घुम्ने खालीमा पढे । त्यही मावीबाट २०५९ सालमा एसएलसी पास गरे । सानोदेखि नै घण्टौसम्म हिडेर विद्यालय पढ्न जानुपर्ने अवस्था थियो । परिवार कृषिमा आश्रीत भएको हुँदा साझ बिहान घरको काम गर्नुपर्ने हुन्थ्यो । दाउरा बोक्नेदेखि स्याउला ल्याउने सम्मको काम उनले गरेर विद्यालय पढ्न जान्थे ।  सरल र शान्त स्वभाका उनी सबैका सहयोगी थिए । विद्यालयमा साथीभाई र गुरुहरुलेपनि उनलाई धेरै राम्रो मान्थे ।

पाँच बर्ष पढाई रोकियो

एसएलसी पास पछि अझै राम्रोसँग पढाईमा मेहेनत गरेर ठुलो मानिस बन्ने उनको लक्ष्य थियो । तर भनेअनुसार उनले अवसर पाउन सकेनन ।
घरको आर्थिक अवस्था र तत्काललिन समयमा भएको द्वन्द्वका कारण उनले एसएलसी पास पछि पाँच बर्ष आफ्नो पढाईलाई रोक्नुपर्यो ।

उनी गाउँमा बस्ने वातावरण नभएपछि भारत गए । भारतका विभिन्न ठाउँहरुमा गएर लेबरी काम गर्नुपथ्र्यो । उनले पढ्ने इच्छा हुँदा हुँदै पनि पढाई रोक्नुपरेको प्रति धेरै चिन्ता मान्थे । अनि देशमा शान्ति स्थापना भएसँगै उनी भारतबाट फर्किए ।

रोकिएको पढाईलाई फेरी निरन्तता

उनी गाउँ फर्किएसँगै उनले आफ् नो रोकिएको पढाईलाई निरन्तरता दिने योजना बनाए । पाँच बर्षसम्म रोकिएको पढाईलाई निरन्तरता दिन भन्दै २०६३ सालमा चामुण्डा मावी हाडाकोटमा प्लसटु पढ्न शुरु गरे । उनको पढाई सानैदेखि राम्रो थियो । रोकिएको पढाईलाई फेरी निरन्तरता दिन उनलाई घरपरिवारबाट धेरै सहयोग भएको थियो । अनि उनले सबै जिम्मेवारीका बावजुत पनि आफ्नो पढाई अगाडी बढाए ।

पढ्दै पढाउँदै

११ कक्षा पढ्दादेखि उनले शिक्षकको जागिरी पाए ।  उनको इमान्दारिता र दक्षता देखेर उनलाई हिम शिखर प्रावी ओख्रेनीमा शिक्षकको नियुक्ती दिइयो । नीजी श्रोतमा नियुक्ती पाएका उनले आफ्नो पढाईसँगै पढाउने काम पनि गरे ।

पढ्दै पढाउँदै ग र े क ा शिवले २०६५ सुालमा प्लस टु पास गरे । त्यसपछि शिवले आफ्नो पढाईलाई निरन्तरता दिइरहे । उनले चामुण्डा कलेज चामुण्डामा विएडमा भर्ना भए । उनले आफ्नो पढाईसँगै पढाउने कामलाई पनि निरन्तरता दिइरहेका थिए । २०६९ सालमा विएड पनि पास गरे शिवले ।

शिक्षक बन्ने लक्ष्य पुरा

उनी पढ्दै पढाउदै गरेका शिवको पद बढुवा भयो । उनले २०६८ सालमा राहत शिक्षक भएर भैरवी पुष्पलाल प्रावीमा २०७१ सालमा सरुवा भएर पढाए । २०७६ सालदेखि महादेव मावी पानी पोखरामा नेपाली विषयको रुपमा कार्यरत रहेका छन ।

शिक्षक बन्ने लक्ष्य पुरा शिवले सानैदेखि शिक्षक बन्ने लक्ष्य लिएका थिए । त्यही लक्ष्य अनुसार उनले पढाई अगाडी बढाएका थिए । तर बिचमा विभिन्न कारणले गर्दा उनले आरोह अवरोह भोग्नुपर्यो । पढाई रोक्नुपर्यो ।

आफ्नो शिक्षक बन्ने लक्ष्य पुरा हुन्न भन्ने चिन्ता थियो शिवलाई । तर आफ्नो लक्ष्य पुरा गर्न सफल भए । मेहेनत गरेर सबै कुरा सम्भव हुन्छ भनेजस्तै उनले आफ्नो लक्ष्य पुरा गरि छाडे । उनी विभिन्न सामाजिक काममा पनि सक्रिय हुने गर्दछन ।  गाउँमा हुने विभिन्न सामाजिक समस्यामा उनी नेतृत्वदायी भुमीकामा हुन्छन । भने समस्या परेको मानिसहरुलाई सहयोग गर्ने स्वभावका छन् ।

जीवनमा संघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । पढ्दै गर्दा पनि धेरै उतारचढावहरुको सामाना गर्नुपर्यो । पाँच बर्षसम्म आफ्नो पढाई रोकेर भारतमा गएर लेब्बरी गर्नुपर्यो । सामान्य परिवारका शिवले पारिवारिक जिम्मेवारी पनि लिनुपरेको थियो ।  सानैदेखि जीवनमा धेरै संघर्ष गरेका उनले चुनौतीको सामाना गर्दै गए ।

अनि उनले रोकिएको पढाईलाई निरन्तरता दिए । सबै काममा मेहेनत गरे । अनि शिक्षक हुन सफल भए । अहिले दैलेख भैरवी गाउँपालिकामा मावी तहको शिक्षक भएर हजारौ विद्यार्थीहरुलाई ज्ञान दिइरहेका छन । उनी भन्छन, मानिस सफलतामा पुग्न संघर्ष गर्नुपर्ने रहेछ । संघर्षले नै मानिसलाई सफल बनाउछ । शिक्षा क्षेत्रमा काम गरिरहेका उनले गरिब र निम्न स्तरका बालबालिका जसले पढ्न पाएका छैनन । उनीहरुलाई शिक्षामा पहुँच पुर्याउने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न अभियान नै चलाउने शिवको आगामी योजन छ ।

 

तपाईको प्रतिक्रिया