परिश्रम नै सफलता

सावित्रा उपाध्याय

सुर्खेत ७ साउन ।

एकाबिहानै खाजा खाएर अटो लगेर निस्कन्छन् अब्दुल अलि । उनको एउटा छोरी र श्रीमती छन् । छोरीले वीरेन्द्रनगरकै स्कुलमा पढ्छिन् । अलिको घर वीरेन्द्रनगर वडा नं ११ मा छ । आफ्नो पढाई लेखाई गर्दागर्दे उनले पारिवारिक समस्या कारण अटो किने । अटो किनेको ६ वर्ष भएको बताउछन्  ।

वीरेन्द्रनगर भ्याली भित्रै अटो चलाउछन् । अटो किन्दा एक लाख पैसा दिएर किनेको अहिले मासिक सेयर दिदै आएका छन् । मासिक सेयर लगभग बाह् हजार तिरि रहेका छन् । उनले मासिक आम्दानी लगभग आफ्नो खर्च कटाएर तिस हजार बचाउछन् । कमाएको आम्दानीले घरपरिवार पाल्ने , छोरी पढाउने बैंक खातामा जम्मा गर्ने र किस्ता तिर्दे आएका छन् ।

अरु व्यवसाय गर्नलाई धेरै लगानी गर्न सक्ने अवस्था थिएन विरोजगार बस्न भन्दा अटो चलाएर आफ्नो खर्च आफै धान्न सकिन्छ भन्ने लागेर अटो चलाउन सुरु गरेको उनी बताउछन्  । अटो चलाउन सुरु गरेको ६ वर्ष सम्म धेरै अनुभव संघालेका छन् ।

अटो चलाउन सुरु गरेको दुई वर्षमै दुर्घटनामा परे तर हार नमानेरै आफ्नो पेशालाइ निरन्तरता दिए । ठुलो गाडिहरुले सानो अटो भनेर हेपेर कतिपय ठाउँहरुमा साइडनै नदिने गर्थे । अटोमा आउने यात्रीहरुले अटो चलाउनेको त इज्जतनै हुदैन भन्छन् । समाजका मान्छेले पनि अटो चलाउने भनेपछि नकरात्मक सोचाइ आफुहरु जस्ता अटो चालक माथी राख्ने गरेको अनुभव संघालेको बताउछन् ।


आर्थिक रुपमा सम्पन्न नभएपनि अरुले यो पेशालाई नकरात्मक सोचे पनि यहि पेशा र संघर्षमा आफु सन्तुष्टि रहेको उनको भनाइ छ । यात्राको क्रममा दैनिक रुपमा अनेकौ किसिमका मानिससंग उनको बोलचाल र व्यवहार हुन्छ । कोहि दश पन्ध्र पैसा बढि दिन्छन् त कोहि लागेको भाडा दर भन्दा कम दिनको लागि किचकिच गर्ने स्वाभावका हुन्छन् ।

कसैले अटो चलाउने भएर पनि ठुलो कुरा गर्नै भन्दा मन दुख्य पनि यस्तो व्यवहार गर्नै लाई पनि हासेर टार्दिन्छन् आफ्नो कमाई खाने भाडो भएकाले सबैसंग निउ खोज्न राम्रो नभएको बताउछन् । अरुको चोरेर ढाटेर, मागेर खानुभन्दा आफैले मिहेनत गरेर कमाएको पैसा मुल्यवान हुन्छ । आफनो पढाईलाई बिचैमा छोडेर अटो चलाउने पेशा अंगालेका हुन् । यात्रुहरुको पर्खाइमा बस्दाबस्दै उनले बिहानको खाना खाने समय नै पाउदैन्न ।

खानाको निश्च्ति नै हुदैन कहिले त बिहानको खाजाले नै दिनभरि टार्नुपर्छ । अटो चलाउदा सडक नजिकै घर भएपनि उनलाई अटो चलाउदा चलाउदै खाना खाने समयनै मिल्दैन । खाना खान गएको समयमा यात्रु आउछन्कि भन्ने आशले सडकमै पर्खिएर बस्छन् । कहिलेकाहिं दिनभरि चलाउँदा पनि थकाई लाग्छ । थकाई लागे पनि कामलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता उनमा छ ।

अलिको सिकाई गाउँ घर,समाजमा रोजगारि छैन भनेर युवाहरु विदेशिने गरेका छन् । हातखुट्टा सबै भएका पनि सिप छैन भन्दै मागेर हिडेको देखेको छ । सानोतिनो जस्तो भएपनि आफुले कुनै पेशा अंगालेमा र कमाई गर्न सक्ने भएपछि कसैले हेप्न नसक्ने कुरा उनले राम्ररि बुझेका छन् । उनले परिवारका सदस्य सबैलाई पुर्याउन सक्ने कमाई भएपछि कसैसंग हात थाप्न र कसैको आशमा बस्न आवश्यक नभएको अलि बताउछन् ।

परिश्रम भएमा आत्मनिर्भर भइन्छ र अहिले विदेशेएका दाजुभाई दिदिबहिनिले रोजगार छैन भनेर विदेशिनु आवश्यक छैन । अरुको भरमा नपरेर आफैले रोजगार सिर्जना गर्न सके आयस्रोत अन्य पनि थुप्रै बाटोहरु रहेको बताउछन् । अटो चलाउन इच्छा भएमा  अरुले के भन्छ भनेर अरुको कुरा सुनेर खाली बस्नुभन्दा आफैले निणर्य गरेर अटो चलाउन सुरु गर्नुपर्छ भनेर उनले सुझाव दिन्छन् । जिवनमा उत्तर चढाव जति नै आएपनि मिहिनेत गरि हार नमानेर अघि बढे्मा अवश्य सफलता प्राप्त गर्ने अब्दुल अलि बताउछन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार