असफलताले नरोकेको सफलताको बाटो

नरहरि तिवारी/प्रमुख प्रशासकीय अधिकृत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत ।
जसले जीवनमा संघर्ष गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, चुनौतिको सामना गर्दै आफ्नो पहिलो प्राथमिकता पढाईमा दिन्छ अनि अल्पकालिन आवश्यकताभन्दा दीर्घकालिन सोच राख्ने व्यक्ति नै समाजको सफल व्यक्ति बन्ने गरेको उदाहरण हाम्रा सामू प्रशस्तै छन् । यस्तैमध्येका एक हुन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी ।

उनले सानैदेखि पढाईलाई पहिलो प्राथमिकता दिएर पढे । कक्षामा कहिल्यैपनि फेल भएनन् । शिक्षक बन्ने लक्ष्यका साथ पढेका तिवारी निजामती क्षेत्रको तयारी गरे । अनि खरिदार हुँदै उपसचिवसम्म बन्न सफल भए । आजको राष्ट्रसेवकमा उनै तिवारीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सामान्य बाल्यकाल
बुवा दुर्गाप्रसाद तिवारी र आमा भक्तकुमारी तिवारीको कोखबाट २०३८ साल जेठ १६ गते हाल सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर १ लेकफर्सामा घरभरिको पहिलो छोरोका रुपमा उनको जन्म भयो । उनको परिवारमा तीन भाईबहिनी छन् । उनको बाल्यकाल गाउँमै लेखपढ र रमाइलो गर्दै बित्यो ।

आदर्श माध्यामिक विद्यालयबाट क ख रा सिक्न शुरु गरेका उनले त्यहि माविबाट माध्यामिक तहसम्मको शिक्षा पूरा गरे । मध्यम परिवारमा जन्मिएका उनको बुवाले कृषि पेशा गर्दथे । कृषक परिवारमा जन्मिएका तिवारी बिहान बेलुकी घर गोठको काम सकेर पढाइका लागि समय उबार्थे । विदाको दिनमा घाँस दाउँरा र पशुगोठाला सक्नासाथ उनी किताब कापी समातेर पढाइमा लाग्थे । मिलनसार स्वभावका तिवारीले २०५४ सालमा आदर्श माविबाट एसएलसी पास गरे ।

शिक्षक बन्ने लक्ष्य
त्यो बेलामा पढेलेखेर के गर्ने भनेपछि शिक्षक नै बन्नुपर्छ भन्ने सोच व्याप्त थियो । उनको परिवारले पनि उनलाई शिक्षक नै बन्न सुझाव र दवाब दिन्थे । उनीपनि चकडस्टरसंग साइनो गाँस्ने ध्याउन्नमा प्लस टु पढ्न शुरु गरे । आनन्द उच्च मावि गुमीमा शिक्षा संकाय अन्र्तगत अंग्रेजी विषय लिएर प्लस टु पढेका उनले २०५७ सालमा प्रविणता प्रमाणपत्र उत्तीर्ण गरे । सानैदेखि पढाईमा अब्बल उनले आफ्नो पहिलो रोजाइमा सधै पढाइलाई नै राखे ।

पढ्दै पढाउँदै
दश जोड दुई पार गरेपछि उनी उच्च शिक्षा पढ्न वीरेन्द्रनगर झरे । शुरुमा लेखा विषय लिएर पढ्ने सोच बनाएका उनले शिक्षा संकायमा नै अंग्रेजी विषय लिएर तत्कालीन सुर्खेत क्याम्पस (शिक्षा) मा नाम लेखाए । घरको जेठो छोरा भएरपनि होला जिम्मेवारी पनि उत्तिकै थियो ।

पढाइका लागि कोठा भाडामा लिएर बसेका तिवारीले विद्यार्थीकालमा पाउने सामान्य खर्चमा नै सबै खर्च व्यवस्थापन गर्नुपथ्र्यो । सबै खर्च धान्न नसकिने भएपछि उनले ट्यूसन पढाउन पनि शुरु गरे । विहान दिउँसो आप्mनो पढाई अनि साँझ उब्रिएको समयमा ट्यूसन पढाएर आप्mनो पढाई खर्चको जोहो गर्न थाले । यसैगरी पढाईलाई निरन्तरता दिएका तिवारीले वि.सं २०६० सालमा बी.एडपनि पास गरे ।

कहिल्यै फेल नभएका नरहरि
नरहरिले अरु जस्तोसुकै चुनौतति आएपनि पहिलो प्राथमिकतामा आफ्नो पढाईलाई नै राखे र त्यहि अनुसार मिहिनेत पनि गरे । आपूm पढ्दै गर्दा शिक्षकले पढाएका पाठलाई ध्यानपूर्वक सुन्ने, बुभ्mने स्वभावका तिवारी पढ्नकै लागि बिहान ४ बजे भालेको डाकोसंगै उठिहाल्थे । सबै कुरा लेखेर पढ्ने उनी कक्षामा सधै उत्कृष्ट नै हुन्थे ।

तिवारी कक्षामा कहिल्यै पनि फेल भएनन् । विद्यार्थीकालमा लागेको उनको बानी अहिलेपनि छुटेको छैन । अहिले जागिरे हुँदै गर्दापनि उनी बिहानै उठेर देश विदेशका घटनाहरुको गहिरो अध्ययन गर्ने गर्दछन ।

निजामति सेवामा प्रवेश
शिक्षक बन्ने उद्देश्य बोकका तिवारीलाई बी.एड पास गरेपछि भने निजामति सेवामा लाग्ने रहर जागेर आयो । मावि तहमा पढाउने शिक्षकहरु समेत राजिनामा दिएर लोकसेवाको तयारीमा लागेको देखेर उनलाईपनि निजामति सेवामै जाने हुटहुटी चल्यो । अनि बी.एडपछि उनले आप्mनो सम्पूर्ण ध्यान लोकसेवाको तयारीमा लगाए ।

क्याम्पस पढ्दै गर्दा तिवारीले एकपटक लोकसेवाको परीक्षा पनि दिए । तर पहिलो पटकमा आवश्यक्ता अनुसारको तयारी गर्दापनि उनको नाम निस्किएन । दोश्रो पटक राम्रो तयारी गरेर परीक्षा दिएका उनले खरिदार पदमा नाम निकाल्न सफल भए । त्यहिबाट उनको निजामति कर्मचारी हुने रहरको शुरुवात भयो । खरिदार भएर तिवारी बाँकेमा पोष्टिङ भए ।

त्यसपछि वि.सं २०६६ सालमा नायव सुब्बामापनि नाम निकाल्न सफल भएका उनी इलाका प्रशासन कार्यालय बर्दियामा गएर काम गर्दै अधिकृतको तयारीमा लागे । अधिकृतमा नाम निकाल्न उनले धेरै मेहेनत र संघर्ष गर्नुपर्यो । तीन पटकसम्म अधिकृतमा नाम निकाल्न नसकेका तिवारीले चौथो पटकमा अधिकृतमा नाम निकाल्न सफल भए । त्यसपछि भूमि सुधार कार्यालय बर्दियामा पोष्टिङ भएर गए ।

वि.सं २०७७ सालमा उपसचिव भएर रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा काम गरेका उनै तिवारी अहिले पछिल्लो पाँच महिनादेखि आप्mनै गृहजिल्लाको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिहेका छन । खरिदारबाट उपसचिवसम्म नाम निकालेका तिवारीको सचिवसम्म बन्ने लक्ष्य रहेको छ ।

जीवनमा संघर्ष
तिवारीले सानैदेखि संघर्ष गर्दै आए । साँझ बिहान घरको काम गर्नेदेखि आफ्नो पढाईमा मिहिनेत गर्नुपर्दा धेरै कष्ट भोग्नुपर्यो । उच्च शिक्षा पढ्न आएका उनी कोठा भाँडामा बस्थे सामान्य रकमले सबै खर्च धान्नुपर्ने भएपछि पढ्दै पढाउँदै गरे । एकातिर आफ्नो लक्ष्य पूरा गर्नुपर्ने थियो भने अर्कोतिर जीवनका सबै चुनौतिको सामना गर्नुपर्ने ।

पढाईमा धेरै मिहिनेतपछि तिवारी निजामति सेवामा प्रवेश गरे । तैपनि उनले आफ्नो संघर्षलाई जारी राखे । अधिकृतमा तीन चोटीसम्म पनि नाम निकाल्न नसकेपनि उनले आफ्नो मेहेनतलाई छोडेनन, चौथो पटकमा नाम निकाल्न सफल भए ।

मध्यम परिवारमा जन्मिएका उनले आफ्नो लक्ष्य भेट्टाउन धेरै मिहिनेत र संघर्ष गरेका तिवारी त्यहि संघर्षबाट अहिले उपसचिवसम्म बन्न सफल भएका छन् । उनको लक्ष्य अझै पूरा भएको छैन । उनी सचिवसम्म बन्ने लक्ष्यमा लागिपरेका छन । त्यसपछिको सेवानिवृत्त जीवन भने समाज सेवामा लगाउने तिवारीको योजना छ ।

तपाईको प्रतिक्रिया