पहिलो भेटमा बसेको त्यो माया

जनक सिंह/गमला शाही

धेरै व्यक्तिहरुका सम्बन्ध आफन्तको माध्यमबाट हुने गर्दछन । आफन्त अथवा बुवाको माध्यमबाट चिनजान भएर साथी बनेका धेरैको सम्बन्ध जीवन साथीको रुपमा परिणत हुन्छ । पहिलो पटक देखेका व्यक्ति जब मन पर्छ अनि कुराकानी गर्ने कौतुहल्ता पनि बढ्छ ।

यस्तै भयो जाजरकोटका जनक सिंह र गमला शाहीको जीवनमा पनि । बुवाको माध्यमबाट चिनाजान भयो । परिचय भयो । अनि माया बस्यो । त्यसपछि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

घरपरिवार मार्फत चिनजान
जनक र गमला दुबैजनाको बुवा शिक्षक थिए । उनीहरु बिचमा घनिष्ट साथित्वको सम्बन्ध थियो । दुबै परिवारका सदस्यहरुमा समेत भेटघाट भइरहन्थ्यो । दुबैको बुवाहरुको गहिरो साथीको सम्बन्ध भएकै कारण जनक र गमलाको चिनजान भएको हो ।

चिनजान भएको पहिलो दिनमा नै जनकले गमलालाई मन पराएका थिए । सुन्दर अनुहार, सल्लक्क परेको जिऊ उनी आकर्षित थिए । जनक मात्रै होइन, गमलालाई पनि जनक राम्रो लागेको थियो । तर उनीहरु बिचमा चिनजान बाहेक खास्सै कुराकानी भएन ।

अनि माया बस्न थालेपछि….
चिनजान भएको पहिलो दिनमा नै जनक गमलाप्रति आकर्षित भएका थिए । उनी मात्रै होइन, गमलाले पनि भित्रभित्रै मन पराएका थिए । तर उनीहरुबिच पहिलो भेटमा खासै कुरा भएन । अनि दुबैजना आफ्नो आफ्नो बाटोमा लागे ।

जनकले भेट भएको त्यो दिनलाई सम्झिरहेका थिए । घरमा गएर गमलाको धेरै याद गरेका थिए । उता गमला पनि इमान्दार व्यक्ति देखेर मोहित थिइन । उनीहरु दुबैजनालाई भित्र भित्रै मायाका मुनाहरु पलाउन थालिसकेका थिए ।

कहिलेकाँही भेट हुन्थ्यो
जनकको घरबाट गमलाको घरमा पुग्न करिब ७ घण्टा पैदल हिडड्नु पथ्र्यो । त्यति धेरै हिडेर भेट्न सक्ने परिस्थिति सधै हुँदैन्थ्यो । जनकको गाउँमा गमलाको मावली गाउँ थियो । कहिलेकाँही गमला मामा घरमा आउँथिन । एकदिन गमला मामा घरमा आएको मौका छोपेर जनकले भेट गर्ने मौका पाए ।

अनि दुबैजना लामो समय बसेर कुराकानी गरे । पहिलो दिनको त्यो भेटदेखिका सबै कुराहरु गरे । दुबैजनाले आफ्नो पृष्ठभूमी समेत बताउने मौका त्यही दिनमा पाएका थिए । अनि उनीहरु एकअर्काको अझै धेरै माया मान्न थाले ।

अनि प्रेम प्रस्ताव
दुबै जना उमेरले परिपक्क थिए । उनीहरु मायाको ड्बेका थिए । अनि उनीहरुबिच कहिलेकाँही भेटको बेला धेरै कुराकानी हुन्थ्यो । गमला पनि जनक सिंहलाई धेरै माया गर्थिन । जनकले त अझै जुनसुकै बेला पनि गमलालाई सम्झी रहन्थे । भेटको बेलामा कुराकानी गरिरहन मन पराउँथे । तर उनीहरुले भित्रि रुपमा धेरै माया गरेपनि एकअर्कालाई मन पराएको कुरा भन्न सकिरहेका थिएनन ।

अनि एकदिन जनकले आफुले मन पराएको भन्दै प्रेम प्रस्ताव राखे । त्यसको सहजै गमलाले स्वीकार गरेपछि उनीहरुबिचको प्रेम अझै झाँगिन थाल्यो । जनक आफ्नो पढाईको लागि सुर्खेत आए । अनि गमलासँग कुरा गर्ने कुनै पनि माध्यम नभएपछि हुलाकमार्फत मायाका बेदनाहरु पठाएका थिए । अनि त्यो चिठ्ठी पाएपछि गमला धेरै नै खुशी भएकी थिइन ।


अनि बिवाह
बिवाह गरेर सँगै जिउने उनीहरुको योजना बन्यो । उनीहरुको प्रेमका बारेमा घरपरिवारमा पनि जानकारी थियो । अनि जनकले पठाएको चिठ्ठीमा बिवाह गरेरसँगै बसौँ भन्ने उल्लेख गरिएको थियो । त्यो चिठ्ठी पढेर गमला पनि सिहमत भइन । करिब एक बर्षजती प्रेम गरेपछि उनीहरुको २०६१ मंसिरमा बिवाह गरे ।

बिवाह भएर घरमा जाँदा गमलालाई केही फरक केही रुपमा फरक अनुभव भइरहेको थियो । बिरानो गाउँ, बिरानो ठाउँमा गएजस्तो लागेको थियो । तर उमेरले परिपक्क उनी छिट्टै घुलमिल हुन सकिन । जनक र उनको परिवारले पनि गमलालाई धेरै माया गर्थे । उतिबेला हनिमुन मनाउने चलन गाउँमा थिएन । तथापी उनीहरु हनिमुन मनाउनकै लागि नभएपनि विभिन्न ठाउँहरुमा घुम्न गएका थिए ।

संघर्ष
जीवन भनेकै संघर्ष हो भन्ने बुझेका यो जोडीले संघर्षलाई अगाडी बढाए । परिपक्क उमेरमा नै बिवाह गरेका थिए घरपरिवार पनि खासै अभाव नभएकाले उनीहरुले अन्य कुरामा दुख नगरपनि पढाईमा भने मेहेनत गरे । तथापी उनीहरु आफ्नो पढाईमा भने धेरै मेहेनत गर्थे । आफ्नो कामलाई पहिलो प्राथमिकता दिन्थे ।

अनि बिवाह भएको चार बर्षपछि जनकले राहत शिक्षकको रुपमा जागिरी पाए भने गमलाले पनि शिक्षक नियुक्ती पाइन । अनि पढाउँदै जागिरी गर्दै गरेका दुबै जनाले स्थायी शिक्षकको तयारी पनि गरे । अहिले जनक शिखर मावि रामघाट सुर्खेतमा प्रधानाध्यापक कार्यरत छन् भने गमला पनि जाजरकोटको पूर्णज्योती आधारभुत विद्यालयमा पढाउँछिन । एकअर्काको विश्वास र माया लिएर संघर्ष गर्थे । संघर्षले मानिसलाई सफल बनाउँदो रहेछ उनीहरु भन्छन ।

बाल्यकाल
बुवा हर्क बहादुर सिंह र आमा जयकली सिंहको कोखबाट जाजरकोटको कुशे गाउँपालिकामा जनक सिंहको जन्म भएको हो । उनका ४ भाई दुई बहिनी रहेका छन् । उनको सानो कक्षा गाउँमै पढे । माध्यमिक तहसम्म गाउँमै पढेका उनले प्लस टु जाजरकोट सदरमुकामबाट गरे । अनि स्नाताकोत्तर तह भने शिक्षा क्याम्पसबाट गरेका हुन ।

यता, बुवा पूर्ण बहादुर शाही र सुरिता शाहीको कोखबाट २०४४ सालमा जाजरकोटको छेडागाड नगरपालिका ५ मा गमला शाहीको जन्म भएको हो । उनको बाल्यकाल गाउँमै वित्यो । एसएलसीसम्म गाउँमै पढेकी उनले स्नातकसम्मको अध्ययन गरेकी छन् । उनी सहयोगी र मिलनसार स्वभाकी थिइन । भद्र र सामाजिक कार्यमा रुची राख्ने स्वभावका थिए ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै मायाँ भएको छ । उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ । यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन ।

उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार