पुनम वि.सी.
सुर्खेत, ३१ असार ।
कोभिड–१९ विरुद्वको पहिलो भ्याक्सिन लगाउनेको संख्या सुर्खेतमा दुई लाख ७८ हजार तीन सय २४ जना रहेको छ । तर कोभिड–१९ विरुद्वको पहिलो खोप लगाएको यो जनसंख्याको आधारमा हेर्दा हाल ‘बुष्टर डोज’ लगाउनेको संख्या ज्यादै न्युन देखिन्छ । पहिलो र दोस्रो खोप हुँदै बुष्टर डोज लगाउनुपर्ने हुन्छ । तर पहिलो खोपपछि दोस्रो खोप हँुदै बुष्टरसम्म आईपुग्दा सुर्खेतका धेरै नागरिकले खोप नलगाएको देखिन्छ ।
पहिलो खोप लगाएका सुर्खेतका नागरिकहरुमध्ये करिव एक लाख ५९ हजार सात सय ७९ जना नागरिकले बुष्टर डोज अझै लगाएका छैनन् । सरकारले सुर्खेतका नौं वटै स्थाानीय तहमा कुल चार लाख २५ हजार ६ सय १६ जना रहेको जनसंख्यालाई आधार मानि खोप अभियान सञ्चालन गरेको थियो ।
जसमध्ये १२ बर्ष माथीका कुल तीन लाख २७ हजार एक सय १४ जनाको जनसंख्यालाई कोभिड–१९ विरुद्वको खोप आवश्यकताको लक्षित वर्गमा रहेको सरकारी योजना थियो । उक्त जनसंख्याको ८५ प्रतिशत नागरिक खोपको पहुँचमा पुगेका छन् । सुर्खेतका दुई लाख ७८ हजार तीन सय २४ जना नागरिकले कोभिड–१९ विरुद्वको पहिलो खोप लगाएको देखिन्छ ।
सो पछि पहिलो खोप लगाएका मध्ये ९८ प्रतिशत नागरिकले दोस्रो खोप लगाएको देखिन्छ । दोस्रो खोप पनि लगाउनेहरुमा सुर्खेतमा दुई लाख ७३ हजार नौं सय ३९ जना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांक छ । दोस्रो खोपमा नागरिक सहभागिता देखिएको यस अभियानमा बुष्टर खोप लगाउनेहरुको संख्या भने ह्वात्तै घटेको देखिन्छ ।
पहिलो खोप लगाएका मध्ये बुष्टर खोपसमेत लगाउनेहरुको संख्या एक लाख १८ हजार पाँच सय ४५ जना रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ अहेव तथा सूचना अधिकारी अमरबहादुर रानाले बताए । जिल्लागत रुपमा सुर्खेतमा २८ प्रतिशत नागरिकले मात्र बुष्टर डोज लगाएको देखिन्छ ।
पालिकागत रुपमा हेर्नुपर्दा सुर्खेतको गुर्भाकोट नगरपालिका खोप अभियान प्रभावकारी सञ्चालन भएको देखिन्छ । यहाँका ३६ प्रशित नागरिकले बुष्टर डोज लगाइसकेका छन् । ५३ हजार आठ सय ५८ जनाको जनसंख्यालाई आधार मानिएको यस पालिकाका १९ हजार तीन सय ६० प्रतिशत नागरिकले बुष्टर डोज लगाइसकेको वरिष्ठ अहेव रानाले जानकारी दिए ।
फोटो क्याप्सनः कोभिड–१९ विरुद्वको खोप लगाउँदै स्वास्थ्यकर्मी । (तस्विरः जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेत)
सिम्ता गायँपालिकामा २७ प्रतिशत नागरिकले बुष्टर डोज लगाएका छन् । यहाँको कुल ३१ हजार ६ सय ९८ नागरिक मध्ये आठ हजार सात सय तीन जना नागरिकले बुष्टर डोज लगाएका हुन् । त्यसैगरी चिङ्गाड गाउँपालिकाका २४ प्रतिशत नागरिकले बुष्टर खोप लगाएका छन् । यहाँको कुल २० हजार पाँच सय ५४ जना खोप लगाउन योग्य नागरिक मध्ये चार हजार आठ सय ५३ जना नागरिकले बुष्टर डोज लगाएको वरिष्ठ अहेव रानाले जानकारी दिए ।
लेकवेशी नगरपालिकामा भने २७ प्रतिशत नागरिकले बुष्टर खोप लगाएका छन् । यहाँको ३८ हजार आठ सय ५२ नागरिक मध्ये १० हजार ६ सय १२ जनाले बुष्टर डोज लगाएको देखिन्छ । वीरेन्द्रनगर नगरपालिकामा कुल ३४ प्रतिशत नागरिकले बुष्टर डोज लगाएका छन् ।
कुल एक लाख २९ हहजार नौं सय ८९ जना मध्य ४४ हहजार ६ सय २३ जनाले बुष्टर खोल लगाएको तथ्यांक छ । भेरीगंगा नगरपालिकामा २४ प्रतिशतले बुष्टर डोज लगाएका छन् । नगरपालिकाका ५० हजार ३१ नागरिक मध्य ११ हजाार आठ सय १४ जनाले बुष्टर खोप लगाएकोे देखिन्छ ।
बराहताल गाउँपालिकामा भने २८ प्रतिशत नागरिकले बुष्टर डोज लगाएका छन् । यस गाउँपालिकाको ३२ हजार चार सय ३६ नागरिक मध्ये आठ हजार नौं सय ८७ नागरिकले बुष्टर डोज लगाएको देखिन्छ । पञ्चपुरी नगरपालिकामा सात प्रतिशत नागरिकले मात्र बुष्टर खोप लगाएका छन् ।
३८ हजार तीन सय ५२ जनाको जनसंख्यामा यस पालिकामा दुई हजार पाँच सय १८ जनाले बुष्टर डोज लगाएका छन् । त्यसैगरी चौकुने गाउँपालिकामा २४ प्रतिशत नागरिकले बुष्टर खोप लगाएका छन् । यस पालिकाको कुल २९ हजार आठ सय ४६ जनसंख्यामा कुल सात हजार ७५ जनाले बुष्टर खोप लगाएको तथ्यांक छ । यो तथ्यांक २०७९ असार २२ गतेसम्मको हो ।
पहिलो खोपको सहभागितामै कमी
१२ वर्ष माथीका सुर्खेत जिल्लाभर तीन लाख २७ हजार एक सय १४ नागरिक लक्षित वर्गमा समावेश गरिएपनि हालसम्म पनि लक्षित बर्ग मध्ये सबैले पहिलो खोप लगाएको भने देखिँदैन । लक्षित वर्ग मध्ये ८५ प्रतिशत नागरिकले मात्र कोभिड–१९ विरुद्वको पहिलो खोप पाएका छन् । जिल्लाको वीरेन्द्रनगर नगरपालिका बाहेक अन्य पालिकाहरुका सबै लक्षित समुदायले हालसम्म पहिलो खोपपनि लगाएको देखिन्न ।
वीरेन्द्रनगर नगरपालिकामा ९९ हजार नौं सय ५ जना लक्षित नागरिक मध्ये पहिलो खोप लगाउनेको संख्या एक लाख ११ हजार साठ सय १९ जना छ । तर सुर्खेतका अन्य पालिकामा करि ८५ प्रतिशत मात्र लक्षित नागरिकसम्म कोभिड–१९ विरुद्वको पहिलो खोप पुगेको छ ।
पालिकागत रुपमा हेर्दा सिम्तामा ६३ प्रतिशत वक्षित वर्गमा कोभिड–१९ विरुद्वको पहिलो खोप पुगेको देखिन्छ । सुर्खेतका पालिका मध्ये सबैभन्दा न्यून खोपको पहुँच भएको सिम्ता गाउँपालिका हो । यहाँ २४ हजार तीन सय ६२ जना लक्षित थिए । तर हालसम्म पनि कुल १५हजार दुई सय ६९ जनाले मात्र पहिलो खोप लगाएका छन् ।
अन्य पालिकाहरुमा चिङ्गाड गाउँपालिकामा ६५ प्रतिशत, लेकवेशी नगरपालिकामा ६८, गुर्भाकोट नगरपालिकामा ९२ प्रतिशत, भेरीगंगा नगरपालिकामा ७८ प्रतिशत, वराहताल गाउँपालिकामा ७० प्रतिशत, पञ्चपुरी नगरपालिकामा ६७ प्रतिशत र चौकुने गाउँपालिकामा ६७ प्रतिशत लक्षित वर्गले कोभिड–१९ विरुद्वको पहिलो खोप लगाएको देखिन्छ ।
खोप लगाउन अनुरोध
खोपका कारण नागरिकहरुमा कोभिड–१९ संक्रमणले जटिल प्रकृतिको लक्षण नदेखाएपछि जोखिम अझै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, सुर्खेतका प्रमुख गणेशभक्त गौतम बताउँछन् । उनले भने, ‘कोभिड–१९ खोप लगाएका कारण पनि संक्रमण समयमा नागरिकमा जटिल प्रकृतिका लक्षण नदेखिएको हो । अहिलेपनि उत्तिकै सर्तकता अपनाउनुपर्ने समय छ । जसबेला पनि महामारीको रुप लिन सक्छ, त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड अपाउनुपर्छ ।’
नागरिकमा खोपको सन्र्दभमा भ्रामक सूचना फैलिरहेको बताउँदै जनस्वास्थ्य प्रमुख गौतमले बुष्टर डोजका विषयमा फैलिएका भ्रामक सूचनाका पछि नलागी खोप लगाउन अनुरोध गरे । उनले भने, ‘खोप लगाइसकेपछि सामान्य लक्षण देखिनु स्वभाविक नै हो । तर यस्ता सामान्वय लक्षणलाई लिएर समाजमा गलत सन्देशहरु पनि प्रवाह भएका छन् ।
त्यस्तो हल्लाको पछाडी नलागी नजिकको स्वास्थ्य संस्थानमा गएर बुष्टर डोज लगाउन अनुरोध गछौँ ।’ यसका साथै कोभिड–१९ विरुद्वको पहिलो खोप नलगाएका नागरिकले पनि खोप लगाउन उनले आग्रह गरे । उनले भने, ‘महामारी अझै टरेको छैन । पहिलो खोप लगाउन छुट्नु भएकाहरुले पनि खोप लगाउन अनुरोध छ ।’
संक्रमण घटेको छ, हटेको होइन
कोभिड–१९ संक्रमण अवस्थाका विषयमा सुर्खेतमा पछिल्लो २४ घण्टामा सुर्खेतमा थप एक जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा चार जनामा पिसिआर र दुई जनामा एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । यसैगरी सुर्खेतमा संक्रमण पुष्टी भएपछि तीन जना होम आईसोलेसनमा रहेको जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतले जनाएको छ ।
युग संवाददाता । । ३१ असार २०७९, शुक्रबार १७:१४