“मेहनत गरे सफलता हात पर्दो रहेछ”

करुणा भट्टराई
वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश

जसले जीवनमा संघर्ष गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, चुनौतीको सामाना गर्दै आफ्नो पहिलो प्राथमिकता पढाईमा दिन्छ अनि अल्पकालिन आवश्यकताभन्दा दिर्घकालिन सोच राख्ने व्यक्तिनै समाजको सफल व्यक्ति बन्ने गरेको उदाहरणहरु छन् ।

त्यस्तै मध्येका एक हुन स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराई । उनले सानैदेखि पढाईमा मेहेनत गरिन । जहिले पनि पढाईमा उत्कृष्ठ भइन । कलेज टपेर स्कलरसिप पाइन । अनि वरिष्ठ जनस्वास्थ्य अधिकृत बन्न सफल भइन । आजको राष्ट्रसेवकमा उनै भट्टराईसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

रमाइलो बाल्यकाल
बुवा सूर्य प्रसाद भट्टराई र आमा कमला भट्टराइएको कोखबाट बि.सं. २०४९ साल जेठ महिनाको १० गते सुर्खेत वीरेन्द्रनगर–८ खजुरामा करुणा भट्टराईको जन्मभयो । उनी घरको कान्छी छोरी हुन । उनका एकजना दिदी र एकजना भाई छन् । करुणाको बाल्यकाल वीरेन्द्रनगरमै रमाइलोमा बित्यो । उनले सानो कक्षा पनि वीरेन्द्रनगरमै पढेकी हुन ।

उनको प्राथमिक तहको शिक्षा इलाइट बोर्डिङ स्कुलबाट शुरु भएको थियो । इलाइट बोर्डिङ स्कुलमा ४ कक्षासम्म पढेकी करुनाले द्वन्द्वकालका कारण नीतिज विद्यालयहरु बन्द भएपनि सरकारी विद्यालयमा पढ्न थालिन । पाँच कक्षा बालमन्दीर प्राविमा पढेकी उनले ६ कक्षादेखि भने वीरेन्द्रनगरमा रहेको जन माविमा पढिन । जन माविबाट नै करुणाले २०६३ सालमा एसएलसी पास गरिन । सानैदेखि आफ्नो पढाईमा ध्यान दिने उनी ज्ञानी र सहयोगी स्वभावकी थिइन ।

कक्षामा संधै उत्कृष्ट
करुणा सानैदेखि आफने पढाईप्रति धेरै चासो राख्थिन । उनको आमाले पनि पढाईलाई पहिलो प्राथमिकता राख्नुपर्छ भनेर त्यही खालको वातावरण घरमा तयार गरिदिन्थिन । उनी विद्यालयमा कहिले पनि फेल भइनन । सधै राम्रो अंक ल्याएर पास भइन ।

साथीहरुसँग मिलनसार करुणाले विद्यालयबाट घर फर्किन बित्तिकै आफ्नो पढाईमा नै ध्यान दिन्थिन । बिहान सबैरै उठेर आफ्नो सेड्युल अनुसार पढाई शुरु गर्थिन । अनि पढाईमा कहिले नी उनी कमजोर भइनन ।

इन्जिनियरिङ क्षेत्रमा चासो
गणित र बिज्ञानमा उनी धेरै ट्यालेन्ड (उत्कृष्ट) थिइन । उनले यी विषयमा उत्कृष्ट नम्बर ल्याउँथिन । त्यही भएर होला उनले आफु इन्जिनियर बन्न सक्छु भन्ने लाग्थ्यो । त्यतातर्फ चासो राख्थिन । एसएलसीपछि इन्जिनियर बन्ने उनको सोच थियो । तर त्यतातर्फ चासो हुँदा हुँदै पनि उनको परिवारले धेरै दुख हुने क्षेत्र भएकाले अन्य कुनै क्षेत्रमा लाग्न सुझाव दिन्थे । उनी स्वास्थ्य क्षेत्रमा लाग्ने गरी आफ्नो पढाईलाई अगाडी बढाउँदै गइन ।

विज्ञान विषय लिएर पढिन
उनको पालामा जनमाविमा मात्र विज्ञान पढाई हुन्थ्यो । पढाईमा राम्रो मेहेनत गर्न सक्ने करुणाले विज्ञान संकायमा प्लस टु तहमा पढ्न थालिन । नेपाली माध्यममा पढेकी उनलाई शुरु शुरुमा त धेरै गाह्रो भयो । तथापी उनले मेहेनतका साथ पढाईमा नै ध्यान दिइन ।

रातीसम्म पढ्ने उनले बिहानै पाँच बजे उठेर पढ्थीन । घरमा पनि कामभन्दा पढाईमा मेहेनत गर्न उनको आमाले जोड दिन्थिन । त्यही मेहेनतले २०६६ सालमा उनी आइएस्सीमा राम्रो अंक ल्याएर पास भइन ।

कलेज टपेपछि स्कलरसिप
करुणा प्लस टु सकेर काठमाडौं गइन । काठमाडौंमा तयारी कक्षा पढ्दै गर्दा उनी आफु पढाईमा कमजोर छु की जस्तो लाग्थ्यो । तर आफुलाई कहिले पनि कमजोर ठान्नुहुन्न भनेर उनले हिम्मत लिएर अगाडी बढिन । उनले काठमाडौंको नेश्नल एकेडेमी फर मेडिकल साइन्स कलेजमा विपिएच पढिन । कलेज टपर भएपछि उनले स्कलरसिप पाइन ।

स्कलरसिप पाएर पढ्न पाएपछि झनै हौसला करुणालाई मिल्यो । अनि त्यही कलेजबाट उनले विपीएच गरिन । व्याचलर मात्र होइन मास्टर्स पढ्दा पनि उनले स्कलरसिप पाइन । धेरै मेहेनत र आफ्नो कक्षा मात्रै होइन कलेज नै टप्न सफल भएपछि उनले सोचिन मेहनत गरे सफलता हात पर्दो रहेछ । त्यही बिचारका साथ उनले आफ्नो ध्यान पढाईमा नै केन्द्रीत गरिन ।

सामाजिक संस्थामा काम पाएपछि
नेपालमा २०७२ सालमा गएको भूकम्पपछि भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य अवस्था सुधार गर्ने भन्दै एउटा सामाजिक संस्थाले काम गर्न थालिन । उनको आफ्नो पनि स्वास्थ्य क्षेत्र भएको हुँदा संस्थामार्फत भुकम्प प्रभावित क्षेत्रमा उनी काम गर्न गइन ।

त्यहाँ एक बर्षजति स्वास्थ्य क्षेत्रमा सेवा गरेको अनुभव बटुलेकी करुणाले धेरै चुनौतीहरुको सामाना गर्नुपर्यो । पालमुनी बस्नुपर्ने, समयमै खाना खाना नपाउनेदेखि कहिलेकाँही भोकै पनि बस्नुपर्यो । उनले चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ भन्ने ठान्छिन । तथापी त्यहाँ उनले धेरै राम्रो काम गरिन ।

जनस्वास्थ्य अधिकृत हुँदै वरिष्ठ जनस्वास्थ्य अधिकृतसम्म
पढाईमा मेहेनत गर्दै आएकी करुणाले लोकसेवा आयोगको तयारीमा लागिन । परिवारिक रुपमा पनि निजामती सेवातर्फ आकर्षण थियो भने उनी मेडिकल साइन्स पढेकी थिइन । यही क्षेत्रमा नै स्थायित्वमा लाग्न थालिन । उनले लोकसेवाले लिएको जनस्वास्थ्य अधिकृत पदमा परिक्षा दिइन, तर पहिलो पटक बैकल्पिकमा परिन ।

त्यसले उनलाई निरास बनाएन झनै उर्जा मिल्यो, उनले अझै मेहेनत गरे फेरी परीक्षा दिइन, पहिलो नम्बरमा नाम निकाल्न सफल भइन । अनि स्वास्थ्य सेवा विभाग काठमाडौंमा करिब एक बर्ष काम गरिन । अनि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा समायोजन भएर आइन । अनि स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यालय प्रमुख भएर गइन । त्यसपछि बढुवा भएर अहिले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशमा वरिष्ठ जनस्वास्थ्य अधिकृतको रुपमा करुणा कार्यरत छन् ।

जीवनमा संघर्ष
उनले सानोमा अभाव झेल्नु नपरेपनि पढाईमा भने सानैदेखि संघर्ष गर्दै पढेकी हुन । रातीसम्म पढ्ने उनी बिहानै झिसमिसेमा उठेर पढ्थिन । अनि क्याम्पस जान्थिन । पढ्दै गर्दा पास गर्न सकिन्न की ? म कमजोर रहेछु भन्ने लाग्थ्यो । तर मेहेनतलाई निरन्तरता दिँदा उनी कलेज टप्न सक्ने भइन । त्यसपछि पनि धेरै चुनौतीको सामाना उनले गरिन ।

तर ति चुनौतीलाई अवसरको रुपमा लिँदै उनी सफलताको बाटोमा लागिन । जीवन भनेको संघर्ष नै हो, उनी भन्छिन ः मेहेनत गरे अवश्य नै सफलता प्राप्त हुन्छ । स्वास्थ्य क्षेत्रमा कार्यरत उनले आगामी दिनमा पनि यही क्षेत्रबाट सामाज सेवा गर्ने योजना बनाएकी छन् ।

तपाईको प्रतिक्रिया