साथीमार्फत चिनजान, फोनबाट माया बस्यो

धेरै व्यक्तिहरुका सम्बन्ध साथीको रुपमा हुने गर्दछन । आफन्त अथवा साथीको माध्यमबाट चिनजान भएर साथी बनेका धेरैको सम्बन्ध जीवन साथीको रुपमा परिणत हुन्छ । पहिलो पटक देखेका व्यक्ति जब मन पर्छ अनि कुराकानी गर्ने कौतुहल्ता पनि बढ्छ ।

यस्तै भयो दैलेखका मातृका प्रसाद खनाल र दाङकी मिना गोराथोकीको जीवनमा पनि । कामको शिलशिलामा भेट र परिचय भयो । अनि फोनमा कुराकानी हुन थाल्यो । एकअर्काको माया लाग्न थालेपछि प्रेमी, प्रेमीका बने । त्यसपछि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग हाम्रा सहकर्मी टेकराज केसीले गरेको कुराकानीको साराशं :

साथी मार्फत चिनजान
मातृकाको साथी बाँकेको नेपालगञ्जमा बस्थे । एकदिन कामको शिलशिलामा साथीको कोठामा उनी गए । साथीको कोठामा जाने आउने काम केहिदिन भयो । त्यतिबेला उनलाई मिनाले देखेकी रहेछिन । तर मातृकाले भने मिनालाई देखेका थिएनन् । अनि मातृका द्वन्द्वपिडितको क्षेत्रमा क्रियाशिल संस्था नव जीवन श्रणार्थी परिषद्मा काठमाडौंमा काम गर्थे ।

अनि कामकै शिलशिलामा उनी नेपालगञ्ज आएको बेला २०६५ साल जेठ १८ गते पहिलो पटक भेट भयो । उनीहरु भेट भएपछि खाजा खान एउटा रेष्टुरेण्टमा गए । परिचय भयो । परिचयका क्रममा मिनाले आफुले पहिले नै देखेको कुरा बताइन । अनि उनीहरुको चिनजान त्यहाँबाट शुरु भयो ।

पहिलो भेटमा नै मन परेपछि….
चिनजान भएको पहिलो दिनमा नै मातृकाले मिनाप्रति आकर्षित बनेका थिए । मिनालाई पनि खासमा त्यस्तै भएको थियो । तर उनीहरुबिच पहिलो भेटमा खासै कुरा भएन । अनि दुबैजना आफ्नो आफ्नो बाटोमा लागे । अब कुराकानीलाई अगाडी बढाउने कुनै माध्यम थिएन उनीहरुसँग । र टाढाको मानिस भेट गर्ने पनि परिस्थिति भएन । अनि उनीहरुले एकअर्कालाई भने सम्झिरहेका थिए ।

त्यसपछि फोनमा कुराकानी हुन थाल्यो
मातृकाले धेरै सम्झन थाले । अनि उनको साथी (अहिलेको साढु) सँग मिनाको नम्बर मागे । नम्बर पाएपछि उनीहरु दुबै जनाको कुराकानी हुन थाल्यो । फोनमा कुराकानी अगाडी बढ्दै गयो । मातृका काठमाडौंमा थिए भने मिना बर्दियामा । उनीहरुको नियमित जस्तो कुराकानी हुँदै जाँदा आफ्नै नजिकको मानिस जस्तो लाग्थ्यो । उनीहरु भन्छन । उनीहरुको माया बढ्दै गयो ।

दिनमा एक पटक फोनमा कुरा नगरी चित्त नै बुझ्थेन दुबै जनालाई किनकी उनीहरु एकअर्कामा पहिलो भेटमा नै आकर्षित भएका थिए । कुराकानी बढ्दै गएपछि प्रत्येक पटक जुनसुकै काम गर्दा पनि याद आउन थाल्यो । उनीहरु भन्छनः प्रेम भनेको खास त्यही रहेछ ।

प्रेम प्रस्ताव
दुबै जना उमेरले परिपक्क थिए । कुराकानी गर्दै जाँदा उनीहरु मायाको सागमा डुबेका थिए । अनि एकदिन फोनमै कुराकानीको क्रममा मातृकाले प्रेम प्रस्ताव राखे । मिनाले पनि त्यो प्रस्ताव सहजै स्वीकार गरिन । अब दुबै जना प्रेमी, प्रेमीकाको रुपमा व्यवहार गर्न थाले । दुबैले त्यति बेलादेखि नै एक अर्कालाई साथ दिन्थे ।

मातृका सामाजिक क्षेत्रमा पनि सक्रिय भएकाले होला समाजलाई र प्रेमलाई राम्रोसँग बुझेका थिए । भविष्यको प्लान पनि उनीहरुले बनाउँथे । उनीहरुको प्रेमको बारेमा घरपरिवारमा पनि थाहा थियो । तर परिपक्क र भद्र स्वभावका मातृका र मिनाप्रति सकारात्मक नै थिए । अनि दुबै जनाले एकअर्कालाई माया गर्थे । अब उनीहरु बिवाह बन्धनमा बाँधिने निश्कर्षमा पुगे । दुबैजनाले बिवाह गर्नेगरी योजना बनाए ।

अनि बिवाह
बिवाह गरेर सँगै जिउने बाचा गरेका उनीहरु भेट हुने योजना बनाए । त्यहि योजना अनुसार मातृका मिनालाई भेट गर्न आए । उनीहरुको २०६५ जेठ १८ गते भेट गरे । भेटमा सबै तितामिठा अनुभव र माया प्रेमका कुराहरु साटासाट गरे । कतिबेला भेटमा, कुराकानी गरौँ जस्तो भएका उनीहरुको भेटमा धेरै कुराकानी र भलाकुसारी भयो ।


अनि उनीहरुको त्यही भेटले २०६५ असार २७ गते बिवाह भयो । बिवाह भएर बुहारी भएर घरमा जाँदा मिनालाई केही रुपमा फरक अनुभव भइरहेको थियो । बिरानो गाउँ, बिरानो ठाउँमा गए जस्तो लागेको थियो । तर उमेरले परिपक्क उनी छिट्टै घुलमिल हुन सकिन । मातृका र मातृकाको परिवारले पनि मिनालाई धेरै माया गर्थे । बिवाह भएको केही दिनपछि उनीहरु काठमाण्डौं गए ।

हनिमुन नै मनाउने गरी नभएपनि मातृकाले काठमाडौंमा बसेर सामाजिक क्षेत्रमा काम गर्ने भएका हुँदा उनीहरुले काठमाडौंका विभिन्न पर्यटकीय र रमाइला ठाउँहरु घुमे । बिवाह भएको केही दिन उनीहरुले धेरै रमाइलो गरेका थिए ।

संघर्ष
जीवन भनेकै संघर्ष हो भन्ने बुझेका यो जोडीले संघर्षलाई अगाडी बढाए । परिपक्क उमेरमा नै बिवाह गरेका र बिवाह अगाडी नै जागिरी गरिसकेका उनीहरुलाई अन्य अभाव त थिएन । तथापी सामाजिक क्षेत्रमा रहेका मातृकाले परिवारलाई त्यति समय दिन पाउँथेनन । आफ्नो कामलाई पहिलो प्राथमिकता दिन्थे ।

बिवाह भएको एक बर्षमा उनीहरुको पहिलो सन्तानको पनि जन्मभयो । पढाउँदै गरेकी मिनाले धेरै संघर्ष गर्नुपर्यो । एकातिर सामाजिक काम गर्नुपर्ने, अर्कोतर्फ छोराछोरी हुर्काउनुपर्ने, दुबै जनाले धेरै संघर्ष गरे । अनि जागिरको कारण सँगै बस्न नपाइने थियो । तर एकअर्काको विश्वास र माया लिएर संघर्ष गर्थे ।

मातृका २०५६ सालदेखि कानुन व्यवसायी सँगै मानव अधिकार र सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । भने २०७७ साल चैतमा उनी कर्णाली प्रदेश सरकारको मुख्य न्याधिवक्ता भएर काम पनि गरे । भने मिना आफ्नै कानून फर्ममा काम गर्छिन । संघर्षले मानिसलाई सफल बनाउँदो रहेछ उनीहरु भन्छन ।

बाल्यकाल
बुवा कुश्माखर खनाल र आमा पानसरादेवी खनालको कोखबाट कोखबाट २०३१ साल साउन ६ गते दैलेखको आठबिस नगरपालिका वडा नम्बर २ हुलाक डाँडामा मातृका प्रसाद खनालको जन्म भएको हो । उनी घरको साइलो छोरा हुन । मातृकाको १५ बर्षसम्मको बाल्यकाल गाउँमै वित्यो । उनले सानो कक्षा गाउँकै सरस्वती निमावि (हालको मावि) ७ कक्षासम्म पढेका हुन ।

उनी सानो बाल्यकालमा घरको सबै काम गरेर विद्यालय जानुपथ्र्यो । घाँस, दाउँरा काट्नेदेखि गोठालो जाने काम पनि उनले गरेका थिए । उनले सानोमा धेरै संघर्ष गरेका थिए । ८ कक्षादेखि भने उनले चुरे मावि बगनाहा बर्दियामा पढे । त्यही माविबाट उनले एसएलसी पास गरे ।

अनि २०५० सालदेखि महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषयमा प्रविणता प्रमाणपत्र तह पढ्न शुरु गरे । अनि उनलाई मातृशोक परेपनि पढ्न समस्या भयो । त्यही कारणले उनले आइएल पास हुन नसकेपछि उनी भारतको मुम्बै गए । त्यहाँबाट घर फर्किने बेलासम्म परीक्षा फर्म नै छुटिसकेको थियो । अनि २ बर्ष ग्याब भए । त्यसपछि मात्रै उनले प्रमाणपत्र पास गरे । अनि २०५८ सालमा उनले महेन्द्र बहुमुखी क्याम्पसबाट बिएल गरे । राजनिति शास्त्रमा स्नाताकोत्तर हुँदै उनले कानुन संकायमा एलएलएम पनि गरिसकेका छन् ।

यता, बुवा बोम प्रसाद शर्मा गोराथोकी र आमा पुष्पा शर्माको कोखबाट वि.स. २०३९ साल बैशाख २३ गते दाङमा मिना गोराथोकीको जन्म भएको हो । उनी घरको तेश्रो सन्तान हुन । उनका ४ भाईबहिनी रहेका छन् । उनको बाल्यकाल केही बर्ष दाङ जिल्ला हापुर रमानामा वित्यो । उनले पाँच कक्षासम्मको शिक्षा गाउँबाट पुरा गरिन ।

अनि उनको परिवार बसाईसराई गरेर बर्दिया आयो । अनि महाकवी देवकोटा मावि बर्दियामा पढ्न थालिन । त्यही माविबाट २०५७ सालमा एसएलसी पास गरेकी मिनाले बिएडसम्मको शिक्षा बबई बहुमुखी क्याम्पसबाट गरिन । हाल महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट एलएलबी पास गरेकी छन् । उनी सहयोगी र मिलनसार स्वभावकी थिइन । भद्र र सामाजिक कार्यमा रुची राख्ने स्वभावका थिए ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै माया भएको छ । उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ । यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन ।

उनीहरु भन्छन शंकाले सम्बन्ध बिगार्छ । अन्य जोडीहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार