अब ६० बलको क्रिकेट प्रतियोगिता

काठमाडौं, १३ असार ।

क्रिकेट लोकप्रियसँगै व्यवसायिक बन्दै जाँदा नयाँ–नयाँ फर्म्याटमा खेलाउन थालिएको छ। टेस्ट क्रिकेटपछि एकदिवसीय हुँदै टी–२० फर्म्याटमा प्रतिस्पर्धा हुन थाल्यो। त्यसपछि टी–१० र ‘हन्ड्रेड बल’ को फर्म्याटमा पनि प्रतिस्पर्धा भयो । पछिल्लो पटक क्रिकेटमा ‘६० बल’ मा प्रतिस्पर्धा हुन थालेको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको नाम ‘सिक्स्टी’ राखिएको छ । सिक्स्टी’ प्रतियोगिता ६० बलको क्रिकेट प्रतियोगिता हो । प्रतियोगितामा विश्वभरका क्रिकेटरले भाग लिने भनिएको छ । यस फर्म्याटको पहिलो प्रतियोगिता सेन्ट किट्स एन्ड नेभिसमा अगस्ट २४ देखि २८ सम्म खेलाइनेछ ।

यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट लिनेछ। छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ । एक इनिङ्ग्समा ६० बल हुनेछ । यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन्। कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउनेछैनन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले यो फर्म्याटले टी–१० क्रिकेटलाई प्रतिस्थापन गर्ने र यो द्रुत गतिको ढाँचा साबित हुने दाबी गरेको छ । ९४ वर्षसम्म टेस्ट क्रिकेट खेलेपछि विश्वले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ फर्म्याट देखेको थियो। तर टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रियपछि आएको टी–२० फर्म्याट अहिले सबैभन्दा लोकप्रिय छ ।


टी–२० क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा मात्रै खेलिरहेको छैन, यो क्रिकेटले टेस्ट टोली खेल्ने प्रायः सबै देशमा फ्रेन्चाइजी क्रिकेटको रूपमा एक नाफामूलक व्यवसायको रूप लिएको छ । यो कुरा टी–२० मा मात्रै सीमित रहेन, अब यसलाई बिल्कुलै फरक क्रिकेट टी–१० मा लगिएको छ र त्यसपछि इङ्ल्यान्डमा हुने नयाँ १०० बलको इभेन्ट ‘द १००’ मार्फत फ्यानलाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास भइरहेको छ ।

पूर्व टेस्ट क्रिकेटर बाजिद खान अहिलेको अवस्थामा एकदिवसीय अन्तर्राष्ट्रियको भविष्य उज्जवल नभएको बताउँछन् । उनी भन्छन्, ‘टेष्ट क्रिकेट मन पराउने एक वर्ग छ । टेष्ट क्रिकेटको लोकप्रियता भने घटेको छैन, तर अहिले लगभग हरेक टेस्ट खेलको नतिजा आउन थालेपछि मानिसहरु यसमा चासो लिन्छन् ।

यद्यपी, एकदिवसीय क्रिकेट टेस्ट र टी–२० बीचमा अड्किएको छ । तपाईंले एकदिवसीय मात्र फलो गर्ने धेरै कम व्यक्तिहरू भेट्टाउनुहुनेछ, तपाईंले टेस्ट क्रिकेट वा टी–२० मन पराउनेहरू धेरै पाउनुहुनेछ । उनी अघि भन्छन्, ‘कहिलेकाहि एकदिवसीय अन्तर्राष्ट्रियको बारेमा यो अतुलनीय म्याच हो जस्तो लाग्छ । दुई देशबीचको सिरिज कसले जित्छ भन्नेमा मानिसहरूलाई खासै चासो देखिँदैन ।

स्रोत :  सेतोपाटी


Leave a Reply

Your email address will not be published.


ताजा समाचार