दाङका दुई महिला भारतीय युवकहरुबाट सामूहिक बलात्कार

दाङ,१३ असार ।

दाङका दुई महिला भारतीय युवकहरुबाट सामूहिक बलात्कारमा परेका छन । दाङको राजपुर गाउँपालिकाका वडा नं. ६ का ती नेपाली महिला किनमेलको लागि आइतबार भारतीय बजारतर्फ जंगलको बाटो हुँदै जाने क्रममा जंगलमै भारतीय नागरिकबाट सामूहिक बलात्कारमा परेका हुन् ।

दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले एक १८ वर्षीया युवती र अर्की एक विवाहित महिलामाथि भारतीय युवकहरूले आइतबार बिहान ११ बजेतिर सामूहिक बलात्कार गरेको भन्ने खुल्न आएको जानकारी दिए । स्थानीय ६ जना महिला सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जंगलको बाटो हुँदै जाँदै गर्दा भारतीय युवकले अन्यलाई कुटपिट र लुटपाट गरेको पीडितले प्रहरीलाई बताएका छन ।


‘नेपाली महिलामाथि भारतीय जंगलमा कुटपिट, लुटपाट र बलात्कार भएको खबरपछि नेपाली प्रहरी भारतीय प्रहरीको समन्वयमा घटनास्थल पुगेको थियो । प्रहरी प्रवक्ता रिजालले भने, ‘पीडितले आइतबार नै एफआइआर दर्ता गरेको हुँदा भारतीय प्रहरीले चार भारतीय युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

पक्राउ परेकाहरूविरूद्ध एफआइआर दर्ता भई कानुनी कारबाहीको प्रक्रिया सुरू भइसकेको छ । घटना भारतीय भूमिमा भएको र एफआइआर पनि भारतिय प्रहरीमा दर्ता गरेको हुँदा अनुसन्धान तथा कारबाहीको काम पनि भारतीय प्रहरीले नै गर्ने दाङका प्रहरी प्रवक्ता रिजालले बताए ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार