आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी
काठमाडौं, १३ असार ।
आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारतले ७ विकेटको जित निकालेको छ । वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा आयरल्यान्डले दिएको १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा ग¥यो ।
भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे ,आयरल्यान्डका करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा १०८ रन बनायो। उसका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४÷४ रन जोडे। भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले समान एक–एक विकेट लिए ।
स्रोत : सेतोपाटी
