कति पुग्यो डलर र दिनारको भाउ

काठमाडौं, १२ असार ।

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १२५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ३६ पैसा पाइन्छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८७ पैसा पाइन्छ ।

आइतबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३४ रुपैयाँ २१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५५ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४०८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३३३ रुपैयाँ ३० पैसा तोकिएको छ ।

स्रोत :  सेतोपाटी

तपाईको प्रतिक्रिया