नलगाडको जंगलमा भेटियो महिलाको शव

दिपेन्द्र शर्मा
जाजरकोट, १२ असार ।

नलगाड नगरपालिकामा एक महिलाको शव जंगलमा फेला परेको छ । नलगाड नगरपालिका १ कि ४२ बर्षिया भगवति शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेकी हुन् । सव सडेको र गन्हाउन थालेपछि गाँउलेले प्रहरीलाई खवर गरेका थिए ।

मृतकको घर र सव ५० देखि एक सय मिटरको दुरीमा रहेको छ । सवको प्रकृति हेर्दा ति महिलाको मृत्यु वा हत्या एक हप्ता अघि नै भएको प्रहरीको अनुमान छ । घटनाको प्रकृति र सवको अवस्था हेर्दा हत्या भएको आशंका गर्न सकिन्छ ।

हामीले अनुसन्धान गरिरहेका छौ जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले भने–‘अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम गरिरहेका छौ ।  डेथ बडीलाई जिल्ला अस्पताल ल्याएर पोष्र्टमार्टम गदैछौ । हामीलाई ति महिलाको हत्या नै भएको आशंका छ । अनुसन्धान गरिरहेका छौ । सत्यतथ्य केही दिनमै हामी सार्वजनिक गछौ ।’

सव गन्हाउने अवस्था सम्म पुग्दा पनि कुनै खोजतलास नगर्नु र प्रहरीलाई पनि खवर नगर्नुले हत्यामा पतिकै संलग्नताको आशंका गरिएको छ । माइती पक्षले पनि पतिले नै हत्या गरेको हुन सक्ने आशंका गरेका छन् । अहिले सम्म जाहेरी भने नपरेको डिएस्पी निरौलाले बताए । अन्र्तजातिय विवाह गरेकी मृतकका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया