निवर्तमान जनप्रतिनिधिलाई सम्मान

काठमाडौं,९ असार ।

सिमकोट गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पाँच वर्षे कार्यकाल सफलतापुूर्बक सम्पन्न गरेको र गाउँपालिकाको बिकासका लागि गरेको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले नयाँ कार्यको सुरुवात गर्दै कार्यपालिकाका निवर्तमान सबै सदस्यलाई सम्मान गरिएको बताए ।

कतिपय स्थानमा पुुर्ब र वर्तमान जनप्रतिनिधिहरुकाबीच तिक्तता हुनेगरेकाबेला सिमकोट बखउँपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको हो । उहाँले पूर्ब जनप्रतिनिधिहरुले गाउँपालिकाका लागि पुर्याएको योगदान र आफ्नो कार्यकाल सफलतापूर्बक सम्पन्न गरेकामा सम्मान गरिएको बताए  ।

यसलाई आफुुले कर्तव्य र दायित्वका रुपमा पनि लिएको बताउनुुभयो । उहाँले एउटा असल संस्कारको थालनी पनि भएको र भोली आउने नयाँले पनि यस्ता कुरा सिक्न आबश्यक रहेको बताउनुुभयो । निबर्तमान जनप्रतिनिधिहरुले गरेको रचनात्कम कार्यलाई अनुुशरण गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।


सम्मानीत भएपछि निवर्तमान गाउँपालिका अध्यक्ष पदमबहादुुर लामाले सीमित साधन स्रोतका बावजुद्ध काम गर्नुपरेकाले गुनासो सुनाउँदै गाउँपालिकाको बिकासका लागि सधै आफुु सुुझाव सल्लाह दिन पछि नपर्ने बताउनुुभयो । आफ्नो कार्यकालका केही अधुुरा कार्यलाई निरन्तरता दिएर अगाडि बढ्न बर्तमान जनप्रतिनिधिलाई सुुझाब समेत दिनुुभयो ।

पूुर्ब अध्यक्ष लामा र उपाध्यक्ष बली रावतलाई अध्यक्ष भण्डारीले सम्मानपत्र प्रदान गर्नुभयो । त्यसैगरि १४ जना अन्य कार्यपालिकाका सदस्यलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा उपाध्यक्ष शुुशिला भाम रोकायाको पनि सहभागिता थियो । सिमकोट गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पाँच वर्षे कार्यकाल सफलतापुूर्बक सम्पन्न गरेको र गाउँपालिकाको बिकासका लागि गरेको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो ।

स्रोत :  गोरखापत्र


Leave a Reply

Your email address will not be published.


ताजा समाचार