नवीन पाण्डे एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख

काठमाडौ, ९ असार ।

आखिल नेपाल फुटबल संघ (एन्फा) को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नवीन पाण्डे नियुक्त भएका छन् । बुधबार बसेको नवनिर्वाचित एन्फाको पहिलो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाण्डे चार वर्षअघि पनि एन्फाको अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त भएका थिए। तर तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पाण्डेले एक वर्ष नबित्दै राजीनामा दिएका थिए । यसअघि एन्फाले महासचिवमा किरण राई नियुक्त गरेको थियो । उदयपुरका राई यसअघि केन्द्रीय सदस्य थिए भने प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।

बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार भएको एन्फाको केन्द्रीय कार्यसमिति निर्वाचनमार्फत पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

स्रोत :  सेतोपाटी

तपाईको प्रतिक्रिया