आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं, ९ असार ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३५ अमेरिकी डलरमा कारोबारो भइरहेको छ ।
स्रोत : सेतोपाटी
