जाजरकोटमा सरकारी सवारी साधन चल्न रोक

दिपेन्द्र शर्मा
जाजरकोट, ८ असार ।

जाजरकोटमा सरकारी सवारी साधन चल्नमा रोक लगाईएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सरकारी साधन चल्न रोक लगाईएको हो । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र यूवा संघले सरकारले बढाएको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा लगाएको मुल्य खारेजको माग गर्दै जिल्लामा रहेका अत्यावश्यक बाहेक सबै सरकारी सवारी साधन चल्नमा रोक लगाईएको अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश गौतमले जानकारी दिए ।

विहीबार विहानै देखि यात्राका रहेका सरकारी सवारी साधन फिर्ता गर्ने काम समेत भईरहेको छ । निजी तथा सार्वजनिक यातायात भने सञ्चालन भईरहेका छन् । पछिल्लो समय सरकारले बढाएको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य मुल्यको मारामा आम जनता परेको भन्दै एमाले निकट संघ संगठनहरुले विरोध गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया