मालारानी स्वास्थ्य चौकीमा पोषण कोसेली वितरण

िदलिप ढकाल
सुर्खेत, ९ असार ।

गुर्भाकोट नगरपालिका को नगर कृषि तथा स्वास्थ्य शाखाको व्यवस्थापन तथा मालारानी स्वास्थ्य चौकी को सहजीकरण तथा गुर्भाकोट नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोग र गुर्भाकोट नगर पालिकाको आयोजनामा एक कार्यक्रमका बीच सुत्केरी भएका आमाहरु लाई पोषण युक्त्त खाध्यान्न उत्पादनको लागि बीउ बिजन बितरण गरिएको हो ।

गत बर्षको श्रावण देखि हाल सम्म मालारानी स्वास्थ्य चौकी को बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका आमाहरु लाई पोषणयुक्त्त खाध्यान्न उत्पादनको लागि बीउ बिजन बितरण गरिएको स्थानीय हुम बहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने मुल उद्देश्य का साथ पोषणयुक्त्त खाध्यान्न उत्पादनका लागि हरियो साग पातक बीउ बिजन लगायत अन्डा र केरा बितरण गरिएको वडा सदस्य तिला टमटाले बताए ।

गुर्भाकोट नगरपालिका वडा नम्बर २ कि वडा सदस्य तिला टमटा को प्रमुख आथित्यता तथा मालारानी स्वास्थ्य चौकी मालारानी प्रमुख निरक शर्मा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । गुैर्भाकोट नगरपालिका नगर स्वास्थ्य शाखा का अनन्त खत्री ,नगर कृषि शाखाका मान बहादुर खत्री, सुत्केरी आमाहरु लगायत आमा समूह र महिला स्वयंसेबिका हरु को समेत उपस्थितिमा कार्यक्रम सम्पन्न सम्पन्न भएको थियो ।

साथै कार्यक्रम मा उपस्थित ४० जना आमा हरु लाई लाई हरियो बीउ बिजन जस्तै साग मुला काक्रो भेन्डी बोडि लगायतका बीउ बितरण गरिएको महिला स्वयंसेबिका प्रमुख संगीता पराजुलीले बताइन् ।

तपाईको प्रतिक्रिया