सेन्चुरी बैंकका ग्राहकलाई शुभ होटलमा छुट

गोपाल शर्मा
सुर्खेत, ८ असोज ।
सेन्चुरी कमर्सियल बैंक लि. का ग्राहकहरुले शुभ होटलका सेवाहरुमा छुट सुविधा पाउने भएको छन् । बैंक शाखा सुर्खेत र शुभ होटल प्रा.लि. बिच सेवा आदान–प्रदान सहकार्य, छुट सुविधा दिने विषयमा सम्झौता भएको छ ।

सेन्चुरी कमर्सियल बैंकको कर्मचारी र ग्राहक महानुभावलाई शुभ होटल प्रालिबाट प्राप्त हुने सबै सेवा–सुविधाहरु जस्तै खानामा १० प्रतिशत र आवासमा १५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको छ ।

बैंक कर्णाली प्रदेशका प्रमुख धर्मराज श्रेष्ठ र शुभ होटल प्रा.लि. का महाप्रवन्धक दमनजंग शाहले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता गर्ने कार्यक्रममा बैंक सुर्खेत शाखाका प्रवन्धक विष्णु ज्ञावली र कर्जा विभागका अधिकृत प्रतिक रिजाल र राज बालमिकिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया