भारतमा बारेकोटका अमृत छ दिन देखि बेपत्ता

दिपेन्द्र शर्मा
जाजरकोट, ८ असार ।

भारतमा जाजरकोटका एक युवा ६ दिनदेखि सम्पर्क बिहीन भएका छन् । जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा घर भएका ३८ वर्षीय अमृत पुन भारतको रिकान पिउ नजिकैबाट बेपत्ता भएका हुन् । घरबाट नेपालगञ्ज पुग्दासम्म स्वास्थ्य अवस्था समान्य रहेका पुनको नेपालगञ्ज पुगेको केही समयमै असजिलो महशुस गरेका उनका साथी अजय पुनले जानकारी दिए ।

त्यसपछि उनको अवस्थामा थप जटिल समस्या देखा परेको र भारतको किन्नौरको पिउ पुगेर उनी बेपत्ता भएको साथी अजयले बताए । पुनका अनुसार उनी राति दौडेर भागेको र ६ दिनसम्म सम्पर्कमा नआएको भन्दै खोजिकार्य गरिहेको बताए । पुनले भने, ‘हामीले विगत ६ दिनदेखि खोजी गरिरहेका छौँं, भारतको प्रहरी समक्ष पनि जानकारी गराएका छौं तर, हालसम्म कुनै अवस्था गरेको छैन् ।

तपाईको प्रतिक्रिया