सरकारी बोलेरो जीप दुर्घटनामा, एकको मृत्यु, चार घाइते

सुर्खेत, ८ असार ।
सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै सेतो नम्बर प्लेटको सरकारी बोलेर जीप दुर्घटना भएको छ । दुर्घटनामा परी गाडीमा सवार एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको हो ।


बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएपनि उनको पहिचान खुलेको छैन् । दुर्घटनामा चार जना घाइते छन् । उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार