विश्व बैङ्कको कार्यालय उद्घघाटन

काठमाडौं, ८ असार ।

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्कको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौँको दरबारमार्गस्थित पुनर्निर्माणपश्चात् तयार भएको विश्व बैङ्कको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।

यो कार्यालय उद्घाटन भएसँगै श्रीलङ्कामा अवस्थित उपक्षेत्रीय कार्यालय पनि नेपालमा सरेको जनाइएको छ । अब यहीँ कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलङ्काका कार्य सञ्चालन हुनेछ । कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैङ्क लामो समयदेखि भरपर्दो साझेदारका रूपमा रही आएको बताउनुभयो ।

सन् १९६९ मा विश्व बैङ्कबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैङ्कको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनामा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

स्रोत :  गोरखापत्र

तपाईको प्रतिक्रिया