घट्यो सुन–चाँदीको मूल्य
काठमाडौं, ८ असार ।
बुधबार सुन–चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।
मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्रोत : सेतोपाटी
