ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख, ८ असार ।
दैलेखको भवगतीमाई गाउँपालिका ७ खोरमा मङ्गलवार बेलुकी ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कर्णाली प्रदेश ०२ ००१ त २४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यही ठाउँका १८ वर्षीय जगत विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया