रवि लामिछानेले घोषणा गरे नयाँ पार्टी

काठमाडौं, ७ असार ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ दल घोषणा गरेका छन् । मंगलबार सभागृहमा आफ्ना समर्थकमाझ राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुने घोषाणा पनि गरेका छन् ।लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरे ।

 

पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । उनले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् ।

स्रोत :  नेपालवाच

तपाईको प्रतिक्रिया