नैतिकताबाट विकृत राजनीति

राजनीतिक पेशा होइन सेवा हो । सेवा निशुल्क गरिन्छ । पेशा–व्यवसायमा शुल्क तोकिएको हुन्छ । मोलमालाई हुन्छ । बस्तु तथा सेवाको गुणस्तर, भरपर्दो र विश्वसनियताका आधारमा दररेट तोकिएको हुन्छ । राजनीति विशुद्ध सामाज सेवा हो आम नागरिकको सेवा हो । पछिल्लो समय राजनीतिलाई पैसा कमाउँने उपयुक्त माध्यम बनाईदा थप बद्नामित भएको छ । दुर्गन्धित भएको छ ।

देशको निति निर्माण गर्ने र देश, समाज र आम नागरिकलाई सही दिशामा अगाडी बढाउने प्रमुख माध्यम राजनीतिनै हो । राजनीतिक दलहरु नेपालको कानून अनुसार निर्वाचन आयोगमा दर्ता भएपछि त्यसले आधिकारिकता आर्जन गर्दछन् । दलले कानूनि मान्यता पाएपछि हुने आवधिक निर्वाचनहरुमा आफ्नो दलको जनमत परिक्षण गर्दै शक्ति आर्जन गर्ने गर्दछन । नेपालको कानून अनुसार पहिलो हुने मतपरिणामका आधारमा निर्वाचित हुने व्यवस्था छ । मुख्यतय वडा, पालिका, प्रदेश र संघमा आम नागरिकको अभिमतबाट धेरै मत प्राप्त गर्ने निर्वाचित भएर अनुमोदित हुने व्यवस्था छ ।

जनताबाट अनुमोदित बनेका राजनीतिक दलका अगुवा नेता तथा जनताको मत र दलको सहाराले उच्च तहमा पुगेका व्यक्तिहरु थप विकृत बनेका छन् । भ्रष्टाचार गर्ने, पद तथा शक्तिको दुरुपयोग नगर्ने, देशको मुल कानून परिपालन पालना गर्ने बाचासहित सपथ खाएका व्यक्तिहरु भ्रष्ट हुँदा समाजमा दल र दलका नेताहरुप्रति आम नागरिकको बुझाई र हेर्ने दृष्टिकोण फरक बनेको छ ।

स्थानीय तहमा निर्वाचित दलका प्रतिनिधीको व्यवहार र भूमिकाबाट आजित बनेका आम नागरिकले स्वतन्त्र उम्मेदवारलाई विजयी गराएर देखाईदिए । संघीय राजधानी काठमाडौं महानगरको मेयर बालेन्द्र शाह, धरान उपमहानगरको मेयरमा हर्कराज राई (साम्पाङ) र सुदुरपश्चिमको मुटु धनगढी उपमहानगरको मेयरमा गोपि हमाल निर्वाचित भएका छन् ।


हालैसम्पन्न स्थानीय तह निर्वाचनमा देशैभरीबाट ठुलो संख्यामा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । कालीकोट खाँडाचक्र नगरपालिकाको मेयरमा कमल बहादुर शाही, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा राजुसिंह कठायत लगायत सयौंको संख्यामा कर्णालीबाट स्वतन्त्र उम्मेदवार जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् ।

पछिल्लो पटक लुम्बनी प्रदेश सभा सदस्य तथा राज्यमन्त्री बिमला खत्री ओलीको भूमिका, व्यवहार चर्चाको विषय बनेको छ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री वलीले गरेको हर्कतपछि देशव्यापी चर्को विरोध सुरु भएको छ । मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।

राज्यमन्त्रीलाई आक्रोशित स्थानीयले बस्नेतकै घर भित्रै थुनेर राखेको खबर पाउना साथ पुगेको प्रहरी टोलीले उनलाई उद्धार गरी ल्याएको थियो । उत्तेजित भिडले राज्यमन्त्री वली घरभित्रै रहेको र बाहिर दर्जनौं सर्वसाधारण मोसो लगाउनका लागि ठिक्क परी बसेको अवस्थामा ‘उद्धार’ गरी ल्याउनु परेको थियो । त्यहाँबाट भिड छिचोल्दै प्रहरीले राज्य मन्त्री वलीलाई झन्डै साढे ३ घन्टा जति इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको थियो । तर, राज्यमन्त्रीको ब्यवहारबाट आक्रोशित स्थानीय इप्रकामै पुगेर राज्यमन्त्री विरूद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे ।

उच्च तहमा पुग्ने नेताहरुले उच्च नैतिकवान र चरित्रवान हुने भन्दै भगवान इश्वर, देश र जनताको नाममा सपथ खाने गरेका छन् । तर उनीहरुले खाएको सपथको कुनै मुल्य हुँदैन । पदमा पुगेपछि आफ्नो अनुकुलतामा निति, नियम बनाउने, व्यवहार प्रदर्शन गर्ने गरेका छन् । यसले राजनीतिलाई नैतिक र चारित्रिक अवस्थाबाट बिचलित बनाएको छ


Leave a Reply

Your email address will not be published.


ताजा समाचार