सुनचाँदी व्यवसायी संघमा मतदानबाट नयाँ नेतृत्व चयन

सुर्खेत, २३ जेष्ठ ।
नेपाल सुन चाँदी व्यवसायी संघ सुर्खेतको आठौं साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्नका लागि भएको अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।

दुई वटा प्यानलसहित भएको निर्वाचनबाट अध्यक्षमा ज्ञानेन्द्र बहादुर विश्वकर्मा ११६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी दिनेश विश्वकर्माले ७७ मत प्राप्त गरेका थिए ।

बरिष्ठ उपाध्यक्षमा लाल बहादुर सुनार १०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी सन्तोष कुमार बराईलीले ८२ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा ओम बहादुर वि.क. ११२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राज कुमार सुनाले ८० मत प्राप्त गरेका थिए ।

द्धितीय उपाध्यक्षमा तिर्थ सुनार १०१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी झपेन्द्र गहतराजले ८६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी महासचिव पदमा मोहन सुनार ११२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी शिव सेन्चुरीले ७५ मत प्राप्त गरेका थिए । सचिव पदमा सन्जीव बराल ११४ मत प्राप्त गरी विजयी भएका छन् भन उनका निकटतम् प्रतिस्पर्धी नविन लोहनील्े ७३ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्ष पदमा लोकेन्द्र बहादुर थापा (सुनार) १०२ मत प्राप्त गरी विजयी भएका छन् ।उनका निकट् तम प्रतिस्पर्धी हिरालाल सुनारले ८५ मत प्राप्त गरेका थिए ।

सह-कोषाध्यक्ष पदमा सुनिल रामदान ११५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी सुरेन्द्र बराईली ७४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेन्द्र सुनार ११५ मत, महेन्द्र सुनार ११२ मत, करुणा स्वर्णकार ११५ मत, लक्ष्मी कुमारी सुनार ११८ मत, जनक बहादुर सुनार १११ मत, ओम प्रकाश विक १२४ मत, बलिराम विश्वकर्मा ११६ मत, सन्तोष गहतराज १२६ मत, भुपेन्द्र सुनार (कामी) ११५ मत, तुफान सुनार १२१ मत र सोनी रामदानले ११९ मत प्राप्त गरी विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया