मध्यपश्चिम विश्वविद्यालयद्वारा उपप्राध्यापक र कर्मचारीका लागि दरखास्त आह्वान

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ ।

उक्त विश्वविद्यालयअन्तर्गत विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ ।

योग्य नेपाली नागरिकले आउँदो असार २६ गते दिउँसो ३ बजेभित्र ९त्यसपछि दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म० आवेदन दिन सक्नेछन् ।

दरखास्त फाराम सम्बन्धित संकायको डिन कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

सूचना हेर्नुहोस ः

तपाईको प्रतिक्रिया