अस्पतालको त्यो भेटले जुरेको माया

 

धेरै व्यक्तिहरुका सम्बन्ध एक पटक देखेपछि हुन्छ । कुनै सार्वजनिक ठाउँमा जाँदा होस या पढ्दै गर्दा सम्बन्ध जोडिन्छ । अहिलेको जमानामा त अझै सामाजिक सञ्जालहरु मार्फत पनि सम्बन्धहरु गाँसिने गर्दछन । अनि सम्बन्ध बढ्दै जान्छ ।

सम्बन्ध बढ्दै जाँदा एक अर्का बिचमा माया बस्छ । अनि बिवाह हुन्छ । त्यस्तै भयो सुर्खेतका ओम प्रकाश तिवारी र निष्ठा भट्टराईको जीवनमा पनि । ओमले आमालाई अस्पताल लिएर जाँदा देखे । मन पराए । अनि फेसबुकमा साथी बनाएर कुराकानी भयो । दुबैजना प्रेमी, प्रेमिका बने । अनि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग  हाम्रा सहकर्मी टेकराज केसीले गरेकाे कुराकानीको साराशं :

अस्पताल जाँदा चिनजान
ओम प्रकाश आफ्नो बिरामी आमालाई अस्पताल लिएर सुर्खेत हस्पिटलमा गएका थिए । कुरो २०७३ सालको हो । त्यही अस्पतालमा निष्ठा पनि आएकी रहेछिन ।

देख्दा सुन्दर देखिने उनी प्रति ओम प्रकाश प्रभावित भए । धेरै बेरसम्म मनमा धेरै कुरा खेलाए । कुनै न कुनै बहानामा बोल्ने उनको सोच थियो । निष्ठालाई पहिलो भेटमा नै उनले मन पराएका थिए ।

अनि उनले निष्ठालाई बोलाए । उनको नाम ठेगाना ओम प्रकाशले सोध्न भ्याए । दुबै जनाले आ–आफ्नो परिचय दिए । त्यो दिनमा परिचय बाहेक धेरै कुराकानी उनीहरु बिचमा भएन । ओम प्रकाश घरमा आए । घरमा आएर पनि उनले निष्ठाको त्यो सुन्दर अनुहारलाई नै झलझल्ती सम्झिरहेका थिए ।

उनी धेरै प्रभावित भएका थिए । अनि उनले आफ्नो फेसबुकमा निष्ठाको नाम सर्च गरेर भेट्टाए । अनि निष्ठाले पनि ओमप्रकाशको फेसबुक साथी बन्ने अनुरोध स्वीकार गरिन । अनि उनीहरुबीचमा कुराकानी अगाडी बढ्दै गयो ।

अनि फेसबुकमा कुराकानी बढ्दै गयो
ओमप्रकाश र निष्ठा दुबैको फेसबुकमा कुराकानी बढ्दै गयो । मनैदेखि मन पराएको मान्छेसँग जती नै कुरा गर्दा पनि गर्न सकिँदो रहेछ, उनीहरु भन्छन । अनि कुराकानीकै क्रममा ओम प्रकाशले एकदिन निष्ठाको नम्बर मागे । निष्ठाले पनि आफ्नो नम्बर दिइन ।

निष्ठा पनि पहिलो भेटमा नै भलाद्मी र आशा माया लाग्दो केटा भनेर सोचिरहेकी रहेछिन । अनि उनीहरुको कुराकानी फेसबुक भन्दा टेलिफोनमा धेरै हुन थाल्यो ।

ओम प्रकाशले शुरुमा नै मन पराएको भएर होला कुरा गर्दै जाँदा धेरै माया मान्न थाले । तर मनको कुरा डाईरेक्ट भन्न सकेका थिएनन । उता निष्ठाले पनि मन पराएकी रहेछिन उनले त झनै भन्ने कुरा नै भएन । उनीहरुबीचमा दिनमा धेरै पटकसम्म कुराकानी हुन्थ्यो । उनीहरु मायामा डुबिसकेका थिए ।

अनि प्रेम प्रस्ताव
कुराकानी बढ्दै गएपछि उनीहरुले एकअर्कालाई बिर्सन नसक्ने भइसकेका थिए । अनि ओम प्रकाशले एकदिन फोनमा कुराकानी भइरहेको बेला प्रेम प्रस्ताव राखे ।

उनलाई लागेको थियो, प्रस्ताव स्वीकार नभए पनि नजिकको साथीको व्यवहार गर्छु । तर निष्ठाले भेटमा भन्छु भनेपछि ओम प्रकाशलाई धेरै खुलदुली लाग्यो । धेरैपटक सम्म प्रयास गर्दा पनि भेटेर कुरा गर्ने सहमती बन्यो ।

अनि भेट्ने मिति समेत तय भयो । अनि भेट गरेर पनि ओम प्रकाशले प्रेम प्रस्ताव राखे । निष्ठाले पनि मन पराएकी रहेछिन । उनले स्वीकार गरेपछि अस्पतालको चिनजान प्रेमी प्रेमिकामा परिणत भयो ।

उनीहरु एकपल पनि कुरा नगरी बस्न नसक्ने भए । दिनदिनै भेट गर्न थाले । कुनै दिन कुरा भएन भने उनीहरुलाई केही बिर्सिएको जस्तो लाग्थ्यो । उनीहरु कहिलेकाँही घुम्न पनि जान्थे । घरपरिवारमा पनि उनीहरुको प्रेमको बारेमा थाहा थियो ।


त्यसपछि बिवाह
उनीहरु एक बर्षसम्म प्रेमी, प्रेमिकाको रुपमा रहे । झनै माया बढ्दै गयो । हरेक क्षण याद आउन थाल्यो । दुबै जना एकअर्कामा छुट्टीएर बस्न नसक्ने अवस्थामा पुगेपछि बिवाह गर्ने निर्णयमा पुगे ।

अनि एक बर्षको त्यो माया प्रेमपछि उनीहरुले २०७४ सालमा बिवाह घरपरिवारको सल्लाहमा नौ बिवाह गरे । बिवाह गरेर घरमा गए । घरमा जाँदा निष्ठालाई बिरानो लागिरहेको थियो । घरमा बुहारीको भुमीका निर्वाह गर्नुपर्ने अफ्ठेरो महसुस भइरहेको थियो ।

अनि उनी विस्तारै घुलमिल हुँँदै गइन । भ्रखरै बिवाह गरेको नयाँ जोडी राम्रो रमाइला ठाउँमा हनिमुन मनाउन जानुपर्छ भनिन्छ । उनीहरु पनि हनिमुन मनाउन जाने सोचमा त थिए तर विविध कारणले जान पाएनन । हनिमुन मनाउन नगएपनि विभिन्न रमाईला ठाउँहरुमा भने घुम्न गएका थिए ।

संघर्ष
बिवाहपछि उनीहरुले आफ्नो भविश्यको रेखा कोर्दा धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । ओम प्रकाश पेशाले व्यवसायिक थिए । उनले आफ्नो व्यवसाय सम्हाल्नुपर्ने, घरको जिम्मेवारी पुरा गर्नुपर्ने निष्ठालाई समय दिनुपर्ने थियो ।

यता निष्ठाले पनि आफ्नो पढाई पुरा गर्नुपर्ने, घरको जिम्मेवारी पुरा गर्नुपर्ने धेरै थियो । तर उनीहरुलाई आर्थिक समस्या भने केही थिएन । तथापी ति चुनौतीलाई सामाना गर्दै अगाडी बढे ।

ओम प्रकाशले बिवाह अगाडीनै आर्थिक सामाजिक रुपमा परिपक्क भइसकेका थिए । निष्ठाको साथले आफ्नो व्यवसायलाई झनै बढाए । उनी राम्रो निर्माण व्यवसायी छन् । उनले सानोमा भने धेरै संघर्ष गरेका थिए । निष्ठाको पनि उच्च शिक्षा हाँसिल भइसकेकोले उनीहरु अहिले सन्तुष्ट छन् ।

बाल्यकाल
बुवा कृष्ण प्रसाद तिवारी र आमा तुलसीदेवी तिवारीको कोखबाट दैलेखको चामुण्डा बिन्द्रशैनी नगरपालिकामा ओम प्रकाश तिवारीको जन्म भएको हो । उनी घरको माईलो छोरा हुन । उनका ३ भाई एक बहिनी रहेका छन् ।

उनको बाल्यकाल दैलेखमै बितेको हो । बाल्यकालमा उनले धेरै संघर्ष र आर्थिक अभाव बेहोर्नुपरेको थियो । त्यही संघर्षसँगै उनले १० बर्ष दैलेखमै उनको बाल्यकाल वित्यो । सानो कक्षा पनि उनले दैलेखमै पढे । अनि उनी सुर्खेतमा आए ।

पाँच कक्षासम्म गाउँमै पढेका उनले ६ कक्षादेखि भने सुर्खेतको धुलियाबिटको शिव माविमा तिवारीले आफ्नो पढाई गरे । त्यही माविबाट प्लस टु गरेका उनले मध्यपश्चिम विश्वविद्यालयबाट व्याचलर गरेका हुन । उनी अन्यायको विरुद्ध आवाज उठाउने स्वभावका छन् ।

यता, बुवा यामनारायण उपाध्याय र आमा ललिता उपाध्यायको कोखबाट सुर्खेतको वीरेन्द्रनगरमा निष्ठा भट्टराईको जन्म भएको हो । उनी घरको माइलो छोरी हुन । उनका तीन बहिनी एक भाई रहेका छन् ।

उनको बाल्यकाल सामान्य र रमाईलोमा बित्यो । बाल्यकाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बित्यो । सानो कक्षा शान्तिदिप बोर्डिङ स्कुलमा पढेकी उनले व्याचलर भने मध्यपश्चिम विश्वविद्यालयबाट गरेकी हुन । उनको स्वभाव शान्त र शालिन रहेको छ । सहयोग गर्न मन पराउने उनले सबैको मनोभावना बुझ्न सक्छिन ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै मायाँ भएको छ । उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ ।

यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन । उनीहरु भन्छन शंकाले सम्बन्ध बिगार्छ । अन्य जोडिहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाब दिन्छन ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार