लघुकथा :- चुनाव

मीनराज पन्त/लघुकथा समाज कर्णाली प्रदेश ।

जति जति स्थानीय चुनाव नजिकिँदै थियाे त्यति त्यति निर्वाचन अायाेगले अाफ्नाे तयारी बढाइ रहेको थियाे ।जनस्तरमा पनि चुनावको चासाेसँगै चहल पहल बढ्दै गएकाे भान हुन्थ्यो । बाटा गल्ली र चाेक चाेकमा अाअाफ्ना झण्डा र चुनाव चिन्ह बाेकेका गाडिका लस्कर देखिन्थे । उम्मेदवारहरु काेही भन्दा काेही कम थिएनन् ।

स्वतन्त्र उम्मेदवार पनि अाफूलाई अब्बल देखाउमै तल्लिन थिए । माईकिङसँगै नृत्य सहितको सांगीतिक र्यालीले मतदाता लाई अाफू तिर तान्ने हाेडबाजि धुमधाम चलेकै थियो । क्रमश चुनावी वातावरण तातिदै थियो । मुण्टो समेत कहिल्यै यता नफर्काउने र कहिल्यै हात नजाेड्नेहरु पनि फर्कि फर्कि नमस्कार गरिरहन्थे ।

भिकारिले जस्तै भाेटकाे याचना गरिरहन्थे । कसैले त खुट्टामै ढाेग्न समेत जोडबल गर्दथे । घरमा मुस्किलले चुलाे बल्ने पल्लाघरे माइली दिदी पनि अाफू यी दिनमा धनी भएकाे महशुस गर्दै दङ्ग थिइन । उम्मेदवारहरु जति सबैले अाफूले नै जित्ने दाबि गर्दथे ।

जितेमा राेजगार दिने, बिकास र समृद्धि भित्रयाउने बाचा बन्धन गर्दथे । कुर्दाकुर्दै चुनावको त्यो दिन पनि अाईपुग्याे । मतदान केन्द्रमा बिहानैदेखि मान्छेको भिड लाग्याे । लाईन लामो थियाे । एकथरी भाेट हालेर अाफ्ना समर्थकलाई जिताउने दाउमा थिए भने अर्काथरि छिट्टै काम सकेर अाफ्नाे व्यवहारिक मेलाे समाउने हतारमा देखिन्थे ।


यहि चुनावकै लागि भनेर बाहिरबाट अाएकाहरु पनि परिचय र गफगाफ मै मस्त देखिन्थे । मतदान सँगै एउटा मचर्काे त सकियाे तर नतिजा अनुमानकाे छलफल झनै चुलियाे । नजिकै चिया चाैतारिमा गफ चल्दै थियाे ।

“कसले जित्ला त ज्वानाै चुनाव ?” एकजना पाका मान्छेको यो प्रश्न खस्न नपाउँदै, अर्का बुढा मुख मिठ्याउदै बाेलिहाले : “जताततै घामै घाम, अरु के काम ?” ” रुखकाे छहारि हाे छहारि ।” छेउपट्टिका बुढा बोले । “यसपालि घामलाई ग्रहण लाग्छ भन्छन ।

रुख काटेर हलाे बनाउने सल्लाह गर्दैछन् सबै ।” अर्कि महिला उठेरै बाेलिन: यति सुनेपछि एकाएक एउटा यूवक जंगियो, “यसपालि त लाैराेले चुट्छ है चुट्छ ।” मत गणनामा मुख्य भिडन्त त धन बहादुर र मन बहादुरका बिचमै हुने साझा अनुमानमा सहमति गरियाे । केही दिनकाे प्रतिक्षा पछि चुनावको नतिजा पनि त अायाे ।

धनबहादुरले मनबहादुरलाई पछारे पछि बाजागाजाका साथ विजय जुलुसले नगर परिक्रमा गर्दै नेता चाैतारिमा अामसभा गर्याे । चर्का चर्का भाषणबाजी भए, अब नगर अवश्य स्वर्ग बन्ने कुरा दाेहाेर्याईयाे । न्यायकाे जीत भाे भनि कुर्लिए नेताहरु ।

दुश्मनकाे किल्ला ताेड्न सफल भएकाे हर्षानुभुति प्रकट गरियाे । अत्याधिक बहुमतले बिपक्षीलाई धुलाे चटाउन सफल भएकाे वीर गाथा सुनाईयाे । ताली बजाउने तालिम पाएकाहरुले तरर तालि बजाए । शाकाहारीलाई फलफूल मिठाइ फालाफाल मांसहारीलाई मासु र रक्सी छ्यालब्याल ।, भाेज भतेर गरेर ठूलै उत्सव मनाईयाे , मानाै सेनाले कुनै राज्य जितेर फर्के जस्तै ।

अन्तमा निर्वाचन अायाेगले अाफ्नाे कार्य सम्पन्न गरी नेपाल सरकारलाई मत परिणामको प्रतिबेदन बुझायाे । जसमा लेखिएको थियाे, मनबहादुरले प्राप्त गरेकाे मतसङ्या= २१५२२ धनबहादुरले प्राप्त गरेकाे मत सङ्ख्या = २१५२३ समाप्त


Leave a Reply

Your email address will not be published.


ताजा समाचार