सहकारी संस्थालाई उद्यमशिलतामा जोड्नुपर्छ

कौशिला कुमारी गेलाङ/व्यवस्थापक
पशुपति बहुउद्देश्यीय सहकारी संस्था लि.
लेकवेशी नगरपालिका–९ गगंटे, सुर्खेत ।

जसले जीवनमा मेहनत गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, त्यस्तै मध्येका एक हुन सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर ९ मा रहेको पशुपति बहुउद्देश्यीय सहकारी संस्था लि. गंगटेकी, कौशिला गेलाङ ।

विभिन्न सामाजिक काममा सक्रिय भइन । त्यही कामको सिकाईले उनी सहकारीको बाटोमा लागिन । अनि सफल हुँदै गइन । आजको जम्काभेटमा उनै गेलाङसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सामान्य बाल्यकाल
बुवा प्रेम बहादुर गेलाङ र आमा पदम कुमारी गेलाङको कोखबाट वि.सं. २०४० साल पुष ११ गते सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्बर ९ बाख्रेकोको सिकारी डाँडामा कौशिला कुमारी गेलाङको जन्म भयो । उनी घरको कान्छो छोरी हुन । गेलाङका ४ भाई दुई बहिनी थिए । गाउँमै बाल्यकाल बिताएका उनले सानो कक्षा ३ कक्षासम्म बाख्रेकोटमा पढिन ।

कक्षा–४ र ५ पशुपति मावि पुल्टारमा पढेकी उनले ६ कक्षादेखि भने खाँडदेवी मावि चौरासेमा उनले पढिन । त्यहि माविबाट उनले २०६२ सालमा एसएलसी पास गरिन । उनको परिवार कृषिमा निर्भर थियो । सामान्य आर्थिक अवस्थामा हुर्केकी उनले माध्यमिक तह सम्मको शिक्षा उनले घरमा साँझ बिहान काम गर्दै पढिन । दाउरा, घाँस काटेर विद्यालय जानुपथ्र्यो । अन्यायका विरुद्ध आवाज उठाउने उनको स्वभाव थियो । सामाजिक काम गर्ने उनको सानैदेखिको रुची थियो ।

दुइ बर्ष पढाई रोकियो
उनीलाई केही स्वास्थ्य समस्या पनि देखियो । अस्पताल जानुपर्ने भएपछि उनले आफ्नो पढाईलाई केही समय रोक्नुपर्यो । घरको जिम्मेवारी पनि बढ्दै जाँदा उनले दुई बर्ष आफ्नो पढाई रोक्नुपर्यो । पढ्ने इच्छा भने धेरै थियो । उनले जसरी भएपनि आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने थियो ।

अनि प्लस टु पढ्न वीरेन्द्रनगर आइन
अनि उनी प्लस टु पढ्न वीरेन्द्रनगर आइन । अमरज्योती मावि नेवारेमा प्लस टुमा नाम लेखाएर उनले आफ्नो पढाईलाई निरन्तरता दिन थालिन । उनले न्यून आर्थिक अवस्था भएका कारण हिडेर घर जानुपर्ने थियो । भने कोठा भाडामा बस्दा पनि सबै कुरामा म्यानेज गरेर पढिन । उनले प्लस टु पढ्दा पनि पढाईमा धेरै उताबचढाब भोग्नु पर्यो । धेरै चुनौतीपछि उनले २०६६ सालमा उनले प्लस टु पास गरिन ।

विभिन्न सामाजिक कार्यमा सक्रिय
उनले आफ्नो सानैदेखिको रुचीअनुसार विभिन्न सामाजिक संघ, संस्थाहरुमा काम गरिन । वातावरण सुधार समाज, आवाज, सामुदायिक वन महासंघ र रेडक्रस लगायतका संस्थामा उनले लामो समय काम गरिन । तत्कालिन गाविसको सामाजिक परिचालक भएर पनि उनले काम गरिन । विभिन्न सामाजिक संघ संस्थामा उनको १३ बर्षको अनुभव छ ।

त्यसपछि सहकारीको बाटोमा
उनले र उनका दाई नन्द गेलाङको पहलमा गाउँमा पशुपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरिएको थियो । सहकारीको अध्यक्ष उनको दाई नन्द गेलाङ थिए । दाई पेशाले पत्रकार पनि थिए । सवारी दुर्घटनामा दाई स्वर्गीय भएपछि सहकारीको जिम्मेवारी उनले लिइन । सामाजिक क्षेत्रको राम्रो अनुभव पनि भएकाले उनले व्यवस्थापक भएर सहकारीलाई अगाडी बढाईन ।

गाउँका मानिसहरुलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने गरी सहकारी संस्थालाई नया ढङ्गले अगाडी बढाइन । २५ जनाबाट शुरु गरिएको संस्थामा अहिले पाँच सय ५६ सेयर सदस्यहरु रहेका छन् । सहकारी संस्थाले विभिन्न उद्यमशिलताको क्षेत्रमा लगानी गरिरहेको छ भने धेरै व्यक्तिहरु उद्यमी बनेका छन् ।

जीवनमा संघर्ष
संघर्ष गर्दै गएकी उनले समाजिक काम गर्न रुची राख्थिन । अब सानोमा अभाव केही खेप्नु नपरेपनि उनले जीवनमा भने धेरै संघर्ष गरेकी छन् । घरको काम गर्दै विद्यालय जानुपथ्र्यो । बिचमा आफु बिरामी पर्नुपर्दा पढाई रोक्नुपर्यो । पढाईलाई पुनःनिरन्तरता दिँदा पनि धेरै चुनौतीको सामाना गर्नुपर्यो । बिवाहपछि घरको जिम्मेवारी बढ्यो ।

सामाजिक काममा पनि सक्रिय भएको हुँदा उनले धेरै मेहेनत र परिश्रम अनि चुनौतीको सामाना गर्नुपर्यो । चुनौतीलाई चिर्दै उनी सामाजिक काम छोडिनन् । अहिले सहकारीको सफल व्यवस्थापक मात्र होइन । अन्य सामाजिक संघ संस्थामा सक्रिय भएकी छन् ।

जीवनमा संघर्ष गरे मात्रै सफल होइन्छ भन्ने उनले बुझेकी छन् । उनी भन्छिन, जीवनमा सफलता प्राप्त गर्न संघर्ष गर्न आवश्यक छ । अहिले पनि सामाजिक काममा छिन भोली पनि सामाजिक काम गरेरै जनताको सेवा गर्ने योजना उनको छ ।

तपाईको प्रतिक्रिया