जो मजदुरी गर्दागदैै मालिक भइन्

लक्ष्मी भण्डारी
सुर्खेत, २० जेठ ।
संघर्षपछि नै सफलता प्राप्ति हुन्छ । संघर्षलाई निरन्तर अगाडी बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन । यही विषयलाई जिवनमा चरितार्थ गरेर देखाएकी छन् वीरेन्द्रनगर वडा नम्वर १२ की नन्दा नेपाली (राना) ले जिवनमा उनले धेरै आरोह अवरोह र पार गरिन् ।

पीडा, अवहेलनाको सामना गर्नुप¥यो । त्यही पीडाको रापले संघर्ष गरिरहिन् र अहिले उदाहरणीय उद्यमी बनेकी छन् । पहिले मजदुरी गरेर गुजरा गर्ने नन्दा अहिले विपन्न परिवारका महिलालाई रोजगारी दिदै आएकी छन् ।

दैलेखमा जन्मिएरै हुर्किएकी नन्दा कर्मघर भने दाङ रोजिन् । दलितकी छोरी रानाका छोरासँग प्रेम विवाह गरेपछि घरबाट उनलाई अस्वीकार गरियो । सामान्य परिवारकी छोरी नन्दालाई दाइजो नल्याएको भन्दै घरपरिवारले अपहेलना गर्थे ।

‘पहिलो कुरा अन्तरजातीय विवाह, त्यसमाथि दाइजो पनि नल्याएको घरमा राम्रो मान्ने कुरा नै भएन’ उनी भन्छिन्, ‘घरमा बस्न नसक्ने अवस्था भएपछि छोडेर हिड्यौ ।’ घर छोडेर सुर्खेतको वीरेन्द्रनगरमा कोठाभाँडा मा बसेर मजदुरी गर्न थाले ।

‘कहिले घर बनाउने ठाउँमा काम गरे कहिले इट्टा बोक्ने र गिट्टी वालुवाको काम गरे’ नन्दा भन्छिन्, ‘साँझ विहानको हात मुख जार्न पनि नसकिने थियो, साथ दिने आफन्त कोही थिएनन् ।’ दिनभरी काम गरेवापत तीन सय देखि साढे तीन सय रुपैयाँ पाउने गरेको नन्दाले बताइन् ।

भोक तिर्खा सहेरै नन्दा मजदुरी गर्थिन् । उनका श्रीमान् भारत कमाउन जान्थे तर, दुवैजनाको कमाईले गुजरा चलाउनै धौ–धौ हुन्थ्यो । नन्दालाई लाग्थ्यो अरु पेशा गर्न पाए गुजारा सजिलै चलाउन सकिन्छ कि । मजदुरी गरेको पैसा पनि खाना खर्च कटाएर बचाइन् । उनले कपडा सिलाउने मेसिन किनिन् । सिलाइकटाई तालिम गरिन् र सिलाईकटाईमा लागिन् ।

पहिला भन्दा केही राहत भएको अनुभव हुदै गयो । सिलाई कटाई गर्न थालेपछि छोरा छोरीलाई पढाउन लेखाउन अलि सहज भयो । व्यवसायमा सफलता हुँदै गएपछि त्यसलाई बढाउन मन लाग्यो उनलाई ।

उनले २०६७ सालमा विनिता होजियारी व्यवसाय दर्ता गरेर व्यवसाय गर्दै आएकी छन् । उनले त्यहाँ आउटरका विभिन्न डिजाइन, लेडिज र जेन्सको लागि सुइटर, ड्रेसका सुइटरहरु, महिलाले लगाउने प्लाजोलगायतका सामाग्रीहरु तयार गर्दै आएकी छन् ।

उनले तयार गरेका सामानहरु सुर्खेतका बजार, दैलेख र नेपालगञ्जसम्म जाने गर्दछ । ‘अहिले हामीले तयार गरेको सामानहरु बजारमा एकदमै बढी माग भइरहेको छ , पु¥याउनै भ्याई नभ्याई छ’ उनी भन्छिन्, ‘बजारमा जति सामान माग भएको छ, त्यो अनुसार पु¥याउन सकिएको छैन ।’


उनलाई अहिले वीरेन्द्रनगर नगरपालिकाले दुईवटा ठूला होजियारी मेसिन सहयोग गरेको छ । यसबाट नन्दाको व्यवसाय बढेको छ । महिला स्वरोजगार कार्यक्रम अन्र्तगत नन्दालाई उक्त मेसिन सहयोग गरेको नगरपालिका महिला तथा बालवालिका शाखाका ज्योती केसीले बताइन् ।

नन्दाले विभिन्न पसलहरुमा होलसेल मुल्यमा सामान पठाउँदै आएकी छन् । अहिले व्यवसायमा नन्दा र श्रीमान काम गर्छन् । दुईजनाले नभ्याएपछि तीन जना कामदार राखेकी छन् ।

‘हामीले मात्र व्यवसाय धान्न सकेनौ अहिले तीन जना महिला राखेकी छु’ उनी भन्छिन्, ‘उहाँहरु पनि आर्थिक अवस्था कमजोर भएका दिदीबहिनी हुनुहुन्छ , विगतमा आफैले पनि धेरै दुःख पाएकाले यस्तै दुःख पाएका महिलालाई काम गर्न राखेको हो ।’

पहिले काम मजदुरी काम खोज्दै हिड्ने नन्दा अहिले मासिक लाखौको कारोवार गर्न भएकी छन् । मासिक रुपमा डेढ लाख बढीको कारोवार गर्ने गरेको उनले बताइन् । ‘पहिले दिनभरी काम गरेको तीन सय रुपैयाँ बुझ्थे त्यही काम पाउन पनि धौ धौ थियो’ उनी भन्छिन्, ‘अहिले अन्य दिदीबहिनीलाई पनि रोजगार दिन पाएकी छु ।’

आजभोली नन्दाका श्रीमान पनि खुसी छन् । कमाउन भारत जाँदै आएका उनी अहिले घरमै व्यवसाय राखेर राम्रो आम्दानी भएको छ । त्यतिमात्र होइन यही व्यवसायको आम्दानीबाट उनले घर र जग्गा पनि किनेकी छन् ।

व्यवसाय अझै बढाउने सोचमा छन् नन्दा । ‘यो व्यवसायलाई अझै ठूलो बनाएर धेरै दीदीबहिनीलाई तालिम दिने र यही रोजगार दिने सोच छ’ उनले भन्,ि ‘जसलाई साँझविहान दुख गरेर गुजरा गर्न समस्या भएको छ, उहाँहरुलाई यहाँ रोजगारी दिने हो ।’

महिला आर्थिक रुपमा सक्षम भएपछि हिंसा नहुने उनको बुझाई छ । आफुसँग भेटिने जो कोहीलाई पनि महिलालाई आर्थिक आयआर्जनमा लाग्न सुझाव दिन्छिन् । ‘महिला हिंसाको मुख्य कारण भनेकै महिला आफु आर्थिक रुपमा सक्षम नहुनु रहेछ । जुन् कुरा मैले आफै जिवनमा भोगे’ उनी भन्छिन्, ‘पहिले दाइजो नल्याएको भनेर हेप्ने घरपरिवारको अहिले म माथि हेर्ने नजर फरक छ ।’

पहिले २० हजार लगानीबाट सुरुवात गरेको व्यवसाय लाखांैको कारोवार गर्न सफल हुँदा उनी आफै दंग छिन् । ‘पहिला त्यति रकमबाट सुरुवात गरेको व्यवसाय यति राम्रो हुँदा आफैलाई अचम्म लाग्छ’ उनी भन्छिन्,

‘उहिले एक पोका नुन किनेर खान सकिदैनथ्यो, दिने पनि कोही थिएनन्’ उनी भन्छिन्, ‘अहिले त हाम्रोमा आएर एक छाक खाना खाएर जानुप¥यो भन्ने धेरै हुन्छन् । यति फरक हुँदो रहेछ ।’ यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिला स्वरोजगार कार्यक्रमबाट नगरका धेरै महिलाहरु व्यवसाय गरेर आत्मनिर्भर बनेको बताइन् ।

‘महिला स्वरोजगार अन्र्तगत अटो चलाउनुभएको छ, कतिले ढाका बुनाई, सिलाइ कटाई जस्ता तालिम लिएर व्यवसाय सुरुवात गर्नुभएको छ’ ढकाल भन्छिन्, ‘स्वरोजगार कार्यक्रमबाट महिलाले राम्रो सफलता प्राप्त पनि गर्नुभएको छ ।’


Leave a Reply

Your email address will not be published.


ताजा समाचार