‘अलबिदा’ गाएर होटल फर्किएका केके आखिर कसरी सधैंका लागि भए ‘अलबिदा’

मुम्बई । चर्चित पार्श्वगायक कृष्णाकुमार कुन्नथ उर्फ केके को मृत्युले यतिबेला सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम तातिएको छ । केही घण्टाअघि मात्रै २ घण्टाको शो गरेर फर्किएका केकेको अचानक आएको निधनको खबरले सबैलाई चकित पारेको छ ।

गायक केकेको गएराति अर्थात् ३१ मे को करिब १ बजेसम्म निधनको खबरले सामाजिक सञ्जाल तातिसकेको थियो । उनको निधनको खबरले आश्चर्य नहुनु पनि कसरी, जबकि उनी उनी सोही राति कोलकत्ताको नजरुल मञ्चमा दुई घण्टा प्रस्तुति दिँदै थिए ।

नवभारत टाइम्सका अनुसार उनले नजरुल मञ्चमा ३१ मे को राति ७ बजेदेखि ९ बजेसम्म प्रस्तुति दिँदै दर्शकलाई मञ्जाले झुमाइरहेका थिए । दर्शकको ठूलो भिडबाट केकेसँगै आवाजमा आवाज भरेर साथ दिइरहेका थिए । यो दुई घण्टाको प्रस्तुतिमा केकेले ‘अलबिदा’, ‘याद आएंगे ये पल’, ‘हम रहे या ना रहे कल’, जस्ता हिट गीतहरू गाएका थिए ।

२ घण्टा प्रस्तुतिपछि होटल

प्रस्तुतिपछि उनी एस्प्लनड होटलमा फर्किएका थिए । तर, स्टेजमा ‘अलबिदा’ गाएर फर्किएका केके सधैंभरिका लागि ‘अलबिदा’ भए । शोमा गाउँदै गर्दा केकेको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनले एक्कासि आफ्नो स्वास्थ्यमा समस्या भएको भनेपछि उनलाई होटल लगिएको थियो । होटल पुग्ने बित्तिकै उनले छात िदुखेको बताए । तत्काल उनलाई सीएमआरआई अस्पताल लगियो । अस्पताल केके बसेको होटलबाट पाँच किलोमिटर मात्रै टाढा थियो ।
जसो उनलाई अस्पताल लगियो, डाक्टरले उनलाई मृत घोषित ग¥यो । केकेका साथी तथा म्युजिक निर्देशक जीत गांगुलीका अनुसार केके एकदमै फिट थियो र केकेले उनलाई पनि आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिइरहन्थे । धूमपान, मध्यपान नगर्ने केके आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्थे ।


टाउको र अनुहारमा चोट, प्रहरीको अनुसन्धान

अहिले आएर केकेको मृत्युलाई लिएर अरू पनि कारणहरू बाहिर आइरहेको छ । खबरका अनुसार उनको टाउको र अनुहारमा चोट देखिएको छ । जसपश्चात् केस दर्ता भएको छ र प्रहरी होटलका कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ ।

केके दुई दिनदेखि कोलकत्तामा थिए । उनले कोलकत्तामा दुईपटा कलेज फेस्टमा प्रस्तुति दिएका थिए । यसअघि, उनी पुणेमा प्रस्तुति दिएर उता गएका हुन् ।

उनको अचानक निधनले सम्पूर्ण मनोरञ्जन क्षेत्र शोकमा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फिल्म र म्युजिक इन्डस्ट्रीका व्यक्तित्वहरू उनको निधनमा शोक मनाइरहेका छन् । उनको आत्माको चिरशान्तिको कामना गरिरहेका छन् ।

 


Leave a Reply

Your email address will not be published.


ताजा समाचार