अभिनेत्री मिरुना मगर र तामाङबीच मिलापत्र (पत्रसहित)

काठमाडौं । अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच मिलापत्र भएको छ । आज उनीहरु दुबै पक्षले एक सहमती पत्रमा हस्ताक्षर गर्दै मिलापत्र गरेका हुन् ।

सहमती पत्रमा दुबै पक्षले आगामी दिनमा एक अर्काको टिप्पणी नगर्ने बताइएको छ ।अभिनेत्री मगरले आकस्मिकरुपले घटना घटेको भन्दै क्षमायाचना गरेकी छिन् ।

फुर्पा तामाङको अपमान गरिएको भन्दै अभिनेत्री मगरको विरुद्धमा कबड्डी चलचित्र सञ्चालित हलमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

 

गत आइतबार कवड्डी फिल्म हेर्ने क्रममा आफूमाथि अभद्र ब्यवहार भएको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया