‘‘विद्रोही स्वभाव, कम्यूनिष्ट आचरणका उज्यालो बत्ती”

लिलाधर गौतम
वीरेन्द्रनगर–४, भैरवस्थान, सुर्खेत

जीवन संघर्ष
वुवा बलभद्र गौतम आमा टिकावती गौतमबाट ई.स १९९२ माघ १६ गते एक मात्र पुत्रका रुपमा भारतको गुजरात वडौदा शहरमा जन्मेका हुन । वुवा भारत गुजराजको प्रान्तिय ट्राफिक प्रहरीका जागिरे थिए । त्यही भएर पनि उनलाई वदौडामा नै १० कक्षा सामुदायिक विद्यालयमा अध्यापन गर्न अवसर मिलेको हो ।

पुरानो घर दैलेख बस्ती सुर्खेत गोठीकाँडामा वदौडाबाट आए । गुजरातवाट उनी पनि वुवासंग गोठीकाँडा आए । त्यो समयमा नेपालमा भर्खर वहुदलिय प्रजातन्त्र आएको थियो । देशका विभिन्न भागमा विद्यालयहरु खोल्ने काम बढीरहेको थियो । गोठीकाँडामा पनि विद्यालय स्विकृत भएर संस्थापक अध्यक्ष हरिलाल पन्थ हुन पुग्नुभएको थियो ।

त्यो समय प्रा.वि. स्तरमा पढाउने शिक्षक नेपालमा पाउनु कठिन थियो । हरिलाल पन्थले लिलाधरलाई मासिक रु. २५ रुपैयाँ पाउने गरी शिक्षकमा नियुक्ति गर्नुभएको थियो ।

२०१७ साल पौष १ गते वहुदलिय प्रजातन्त्रलाई स्वःराजा महेन्द्रले प्रतिगमन गरी निर्दलयी पञ्चायती व्यवस्था लागु गरेपछी नेक्राले २०१८ सालमा देश व्यापी सशस्त्र विद्रोह ग¥यो । सुर्खेत गोठीगा“डाको सरकारी कार्यालय हमला गर्न पुग्यो । त्यही बेला शिक्षक मदन भट्ट र लिलाधर गौतमले सशस्त्र विद्रोही नेक्रासंग भेट गर्नुभयो ।

कम्यूनिष्ट भएपछि जेल यातना
दुवै जनाले २०१३ सालमा कम्युनिष्ट पार्टीको साधारण सदस्य लिईसक्नु भएको थियो । सशस्त्रसंग भेट गरे वापत दैलेख वडा हाकिमबाट पक्राउ पुर्जि जारी गर्दा स्वः मदन भट्ट भागेर भारत तिर भुमिगत पस्नु भयो भने लीलाधर गौतम पक्राउ पर्नुभयो ।

दैलेख प्रहरी कस्टडीमा चरमयातना दिँदा उहाँको वाँया खुट्टा सदाको लागि अपाङ्गता बन्न पुग्यो । ६ महिना जेलमा बसेर छुट्नु भएको थियो । जेलबाट छुटेपछी आर्दश प्रा.वि. नेटा–५ बर्ष नेराप्रावि लेकफर्सा ७ बर्ष अध्ययन गराउँनु भएको थियो ।

त्यसपछि भैरवस्थान मा.वि. वीरेन्द्रनगर सुर्खेत १० बर्ष अध्ययन गराई २०४० सालमा अस्थायीनै अध्यापनबाट बिदा लिनु भएको थियो । २०३५ सालमा शिक्षक जागिर स्थायी बनाउने श्री ५ सरकारको पञ्चायत नितीलाई समर्थन नगरी प्रहरी रिर्पाेटमा दल समर्थक भएकोले स्थायी हुन सक्नु भएको थिएन ।

भूमिगत रुपमा सक्रिय
त्यसपछी भुमिगत रुपमा कम्यूनिष्ट पार्टी माले नजिक हुन पुग्नुभयो। २०४६ सालको प्रथम जनआन्दोलन सुर्खेतमा आन्दोलित ह“दै २०४७ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य रहनु भएको थियो ।

त्यसपछी एमाले पार्टीको प्रथम जिल्ला अधिवेशमा प्रतिनिधी ह“ुदा केन्द्रीयता लादेर जिल्ला कमिटी घोषणा गरेपछी गौतमले सोही अधिवेशनमा एमाले परित्याग मौखिक घोषणा गर्नु भएको थियो । त्यसपछी सयुँक्त जनमोर्चा पार्टीमा लाग्नु भयो ।

२०५१ पछि संयुक्त जनमोर्चा पार्टी माओमादी जनयुद्ध नामाकरण गरी सशस्त्र युद्ध चलाएपछी समर्थन गर्दा उहा“लाई २ महिना प्रहरीको कडा हिरासत र १० महिना जेलबसी छुट्कारा हुनु भएको थियो ।


साहित्य र पत्रकारितामा सक्रिय
२०४७ प्रजातन्त्र पुनः प्राप्त पछि वाक र सञ्चार स्वतन्त्रतापछि प्रगतिशील लेखक संघ सुर्खेत शाखाकोे संस्थापक सदस्य हु“दै एक अवधी अध्यक्षसम्म निर्वाचित हुनु पुग्नु भएको थियो । सुर्खेतबाट प्रकाशित सुर्खेत पोष्ट साप्ताहिक, बुलवुले, शुसेली साप्ताहिक, दैनिक पत्रिकाको पत्रकार सह–सम्पादक, प्रमुख सम्पादक भएर २०७४ सम्म ईमान्दार पत्रकारको भूमिका निभाउनु भएको थियो ।

प्रायः गरेर गद्य कविता सृजना गर्ने ती पनि किसान, दु.खी, गरीव, दलित, मजदुर चित्कार हुन्छन भने सामान्त साम्राज्य विरोधी कविता रहन्छन । हरेक प्रगतिशिल लेखक संघ सुर्खेतले आयोजना गर्ने कवि गोष्ठीमा दरो उपस्थित, सृजना बचन गर्दै आउनुभएको छ ।

हरेक बार्षिक, अर्धवार्षिक प्रकाशित हुने रातो थुगा“ सुर्खेती समाज काठमाडौं बार्षिकीदेखि दैनिक पत्रिकामा उहा“का कविता प्रकाशित छन् । त्यस्तै सुर्खेत दपर्ण, लहर पत्रिकामा उहा“का जिवनी परक अन्र्तवार्ता छापिएका रचनाका छन् । यो पंक्तिकारले का“क्रेविहार दैनिकमा जिउ“दो शहिद हुन लिलाधर गौतम स्तम्भ प्रकाशित गर्न पुगेको थियो ।

आँखै अगाडी दशरथपुर गोली काण्ठ
२०३६ साल सुर्खेत पूर्व भेरी किनारमा उठेको निशास्त्र जनविद्रोहमा सहभागीभै वीरेन्द्रनगर आफ्ना माग लिई अगाडि बढिरहेको जुलुसमाथी राज्य पक्षले दशरथपुर कृषि विकास बंैक लुट्न आएका हुन भनि गोली चलाउँदा उहाँकै अगाडि सात जना शहिद भएको स्मरण गर्नुहुन्छ ।

२०४६ साल पुनःवहुदलिय प्रजातन्त्र प्राप्तिपछी आन्तरिम प्रजातन्त्रपछिका प्रधानमन्त्री कृष्ण प्रशाद भट्टराई सरकारले राजनैतिक पिडित राहात उपलब्ध गराउने क्रममा गौतमलाई पनि राहत लिष्ट परेको थियो ।

उहाँले किसान, मजदुर, दुखी, गरिवहरु उत्थान नगरी राहात लिन्न भनि इन्कार गर्नु भएको थियो । नेपालमा राहत इन्कार गर्ने गौतम एक्लो जिउँदा शहिद हुनुहुन्छ ।

आमा र श्रीमतिको निधनमा मृत्यु संस्कार बहिस्कार
२०५३ सालमा श्रीमती र आमाको मृत्यु हुँदा हिन्दु परम्परालाई धार्मिक शोषण आधार हो भनि पिण्ड, पानी दिने, क्रिया बस्ने गर्नुभएको थिएन । नेपालमा दक्षिण पन्थि हिन्दु धर्म संस्कार अनुसारको कियाक्रम नगर्ने वि.पि. कोईराला हुन भने वामपन्थीमा यिनेगिनेका होलान ।

उहाँ विभिन्न कामले गाउँ, शहर घुम्दा समेत नखाई भोकै बिताउनु हुन्छ । कसैलाई भोकै छु भन्नु हुन्न । नया“ कपडा छोराछोरी, वुहारी दिएमा गरिवलाई ती कपडा दिएर आफु पुरानो मात्रै लगाउने वानी छ ।

उहाँ कहिले पनि पंञयत पुनः वहुदलिय प्रजातन्त्र प्राप्त गणतान्त्रिक व्यवस्था स्थापना भएपछी पनि उपयोगको लागी पार्टी टिकटको माग मरिहत्ते गौतमले गर्नुभएन । कमाई गर्न सकिएन छोराछोरीलाई महंगो स्कुल पढाउ“न, सम्पन्न बनाउन पाईन भनि कहि गुनासो गर्नुभएन ।

२ छोरा २ छोरी आआफनो घर व्यवहार गरी बसी रहनुभएको छ । विभिन्न मिडिया प्रत्येक्ष जीवन भोगाईको अन्तरवार्ता दिन इन्कार गर्दै गौतम नामको लागी कहिले पनि मरिहत्य गर्नुभएन ।

माओवादी शान्ति वार्ता आएपछी २०७२ सालको जनसंविधान लागु भएपछि जनता संविधान आउन सकेन भनि माओवादी पार्टी विभाजित विप्लव समूहको सुर्खेत जिल्ला कमिटी सदस्य रहनु भएको थियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार